काेराेना भाइरसले कसरी ज्यान लिन्छ? भाइरस सर्न नदिन के गर्न सकिन्छ?


कुनै पनि virus ले (Coronavirus ले पनि) आँफै नयाँ virus बनाउन सक्दैन। त्यसको लागि virus ले पशुपन्छी, मानिस वा अन्य जीवको कोषको भर पर्नु पर्छ। तर शरीरको कोषले जे पायो त्यहि आँफु भित्र छिर्न दिंदैन। त्यहि भएर Virus ले मानबको कोषलाई झुक्याउन आफ्नो शरीरको बाहिरी भागमा रहेको protein तत्व प्रयोग गर्छ जसले गर्दा हाम्रो शरीरको कोष आफ्नै केहि भाग होला भनेर झुक्किन्छ र virus लाई छिर्न दिन्छ।

Coronavirus फोक्सोको कोष भित्र छिरेपछि कोष भित्रको genetic material प्रयोग गरेर अन्य धेरै virus बनाउँछ र उक्त कोषको अन्त्य गरिदिन्छ। अनि जति धेरै virus भए उति नै धेरै फोक्सोको कोष मर्ने हुन थाल्छ। त्यसपछि सोहि मरेको कोष नजिक सुन्निने र तरल पदार्थ जम्ने प्रक्रिया चल्छ। यसले गर्दा फोक्सोमा oxygen रक्तनलीमा गएर रगतमा oxygen सिंचाई गर्ने प्रक्रिया ठप्प हुन्छ र फोक्सो आँफै असक्त हुँदै जान्छ। यस्तो बेलामा समयमै ventilator machine प्रयोग गरेर फोक्सोलाई सुचारु राख्ने र oxygen रगतमा पठाउने गर्नु पर्छ। यसो गर्दा पनि कसैको शरीरले Oxygen पर्याप्त नपाएर अन्य अंगहरुलाई कम oxygen मा काम गर्नु पर्ने हुन्छ। पहिलै देखि स्वस्थ र तन्दरुस्त नभएका शरीरले यस्तो oxygen कम हुने अवस्था थेग्न सक्दैन र ज्यान जान सक्छ। त्यसैले प्राय ५०-६० नाघेका, पहिले देखिनै diabetes, blood pressure आदिको समस्या भएर अंगहरु थाकिसकेका, चुरोट पिउने बानि भएका र immune शक्ति कम भएकामा Coronavirus ले छिटो असर गर्ने हुन्छ।

# नाम परिवर्तन
– सुरुमा Corona Virus लाई (2019-nCoV) नामकरण गरिएको थियो। प्राय कुनै रोगको महामारी फैलिएपछि उक्त नामसंगै कुनै एक देश, जात, भाषा र अनुहारलाई जोडेर सामाजिक कलंक अर्थात् social stigma हुने, सामाजिक बहिस्कार हुने डरले पहिले चलिरहेको नाम परिवर्तन गर्ने गरिन्छ र नयाँ scientific नाम दिइन्छ। यहि pattern पछ्यौन्दै coronavirus को नाम पनि COVID 19 मा परिवर्तन गरियो।

# किन यस्तो नयाँ नयाँ virus देखा पर्छ?
– धेरै virus हरु प्राकृतिक रुपमै चमेरा, हाँस लगाएत धेरै जंगली जनवार र जीवमा हुन्छन। कुनै कुनै virus त्यस्ता जीवबाट मानिसमा सर्छन र जसलाई सर्यो उसलाई असर गर्ने हुन्छ तर एउटा मानिसबाट अर्को मानिसमा सर्ने हुँदैन। तर कुनै virus ले बेला बेलामा आफ्नो gene परिवर्तन गरिदिन्छ mutation गरिदिन्छ र एक मानिसबाट अर्को मानिसमा सरिदिने बनिदिन्छ। यसरी एक मानिसबाट अर्को मानिसमा सर्ने भैसकेपछि केहि दसक देखि केहि सय बर्ष लगाएर मानब शरीरले त्यस्ता virus बिरुद्ध लड्ने शक्ति उत्पादन गर्छ र अन्य रुघाखोकी virus लाई जस्तै सामान्यकरण गरिदिन्छ। तर यस अहिलेको Coronavirus अर्थात् COVID 19 को virus पहिलेको coronavirus भन्दा फरक strain वा फरक gene को भएको हुँदा मानब शरीरको immune system को लागि बिल्कुलै नयाँ भएको हुँदा हामीमा यस बिरुद्ध लड्ने immune तत्व antibody पहिले नै निर्माण भएर संचित भएको छैन।

# लक्षण
– यसको शुरुवाती लक्षण र सामान्य रुघाखोकीको लक्षण उस्तै हुन्छ। तर यसले अलि बढी गलाउने, खोकी निकै बढ्दै जाने, ज्वरो आउने, निकै थकित बनाउंदै जाने र स्वाशप्रस्वासमा समस्या दिंदै जाने हुन्छ।
– लक्षणको भरमा मात्र coronavirus हो होइन छुट्याउन सकिदैन तर आँफुलाई यस्ता लक्षण देखियो र आँफु नजिक coronavirus को संक्रमण फैलियो भने आँफुलाई पनि सरेको अनुमान गर्न सकिन्छ।

# परिक्षण
– Coronavirus हो होइन भनेर पत्ता लगाउन नाक, मुख, घाँटी, फोक्सो वा रगतबाट sample लिएर virus को genetic make up कुन हो भनेर खोजि गरिन्छ र coronavirus को gene संग मिल्यो भने positive test मानिन्छ।
– उक्त test को result आउन ढिलो भयो भने CT को भरमा मात्र पनि coronavirus को उपचार सुरु गर्ने गरिन्छ।

# उपचार
– Coronavirus लाई पूर्ण नष्ट गर्ने औषधि उपचार आजको मितिसम्म छैन। यसले पार्ने असर कम गर्न मात्र औषधि उपचार गर्न सकिन्छ।
– धेरै देशमा अन्य खालको virus र malaria आदि बिरुद्ध दिईने औषधि प्रयोग गरिएको छ र आंकसिक रुपमा मात्र उपचार सफल हुन सकेको छ।
– यस virus बिरुद्ध vaccine परिक्षणकै अवस्थामा छन् र पहिलो चरणको vaccine बैशाख भित्र आउंदै छ।

# Virus आँफुमा सर्न नदिन के के गर्न सकिन्छ ?

**यदि आँफु बसेको ठाउं नजिकको बस्तीमा Coronavirus फैलिएको छ भने निम्न कुराहरु गर्नुहोस।

१; जोडले खोक्दा, हाच्छ्यु गर्दा नाक मुखबाट Coronavirus करिब ४-५ meter सम्म जान सक्छ तर सामान्यतय सामान्य तबरले खोक्दा २ मिटरसम्म virus जान सक्ने हुँदा सकेसम्म भिड भाडमा नजानुस।

२; सार्वजनिक स्थानमा भएको कुनै पनि चिज सकेसम्म हातले नछुनुस। छुनै पर्ने भए तत्कालै alcohol sanitizer ले हात sanitize गर्नुस वा साबुन पानीले राम्रोसंग हात धुनुस। सार्वजनिक स्थानको ढोका खोल्नु पर्यो भने कुहिनो वा खुट्टा प्रयोग गर्नुस।

३; प्राय virus हरु हात हुँदै नाक मुख भएर शरीर भित्र छिर्ने हुँदा हात अनुहारमा नाक मुख आँखामा लैजाने बानि हटाउनुस।

४; हात धुँदा साबुन लगाएर कम्तिमा २० second हात माड्नुस। नङ भित्र, औंलाको कापा आदि राम्रोसंग सफा गर्नुस। सामान्यतय हामीले १० second पनि हात धुँदैनौं। त्यसैले सामान्यतय धुने भन्दा दोब्बर समय लगाएर, निकै धैर्य गरेर, निकै ध्यान दिएर हात धुनु पर्छ।

५; आफ्नै घरछेउ टोलमा Coronavirus नफैलिँदासम्म mask लगाउन जरुरी हुँदैन। यदि mask लगाउनु पर्ने स्थिति आयो भने virus को लक्षण हुनेले अरुलाई virus नसरोस भनेर सामान्य surgical mask लगाउने र उक्त व्यक्तिको नजिक हुनेले वा उसको स्याहार सुसार गर्नेले आँफुलाई नसरोस भनेर सकेसम्म N-95 mask लगाउनु पर्छ। मिल्दैन भने सामान्य mask लगाउनु पर्छ। N-95 mask को अनुहारको बनोट अनुसारको फरक फरक size हुने गर्छ जुत्ताको size जस्तो। Mask को shortage भयो भने घरमै बनाएको कपडाको दुई layer को mask भनेपनि लगाउनुस।

६; यदि mask लगाउनु भएको छैन भने घरमा वा घर बाहिर खोक्दा वा हाच्छ्यु गर्दा सकेसम्म napkin tissue paper को प्रयोग गर्नु पर्छ र उपयुक्त ठाउँमा फाल्नु पर्छ। पुन प्रयोग गर्ने कपडाको रुमाल प्रयोग गर्नु हुँदैन किनकि कपडाको रुमालमा लामो समय virus बस्न सक्छ। यदि napkin tissue paper साथमा छैन भने कुहिनोको भित्र खोक्नु पर्छ।

७; बाहिर जाँदा लगाएको कपडा छुट्टै राख्नुस र दिनहु मिल्दासम्म washing machine मा धुनुस।

८; दिसाबाट पनि coronavirus सर्न सक्ने मानिएको छ। त्यसैले toilet नियमित सफा राख्नु पर्छ।

९; Virus hard surface मा वा सामानहरुमा केहि दिनसम्म रहन सक्ने हुँदा घरका सामानहरु दिनहु जसो bleach वा अरु कुनै disinfectant प्रयोग गरेर सफा गरिराख्नु पर्छ। यसो गर्दा gloves लगाउनुहोस।

१०; Coronavirus लागेको लाई हेरचाह गर्नेले शरीर सम्पूर्ण ढाक्नु पर्छ; टाउको, आँखा र खुट्टा सहित।

११; सहर सम्पूर्ण quarantaine मा पर्यो भने भनेको बेलामा घर बाहिर निस्कन नपाउने हुन सक्छ त्यसैले अन्य कुनै औषधि नियमित खाने गर्नु हुन्छ भने तीन महिनाको लागि औषधि किनेर stock राख्नुस। अनि रुघाखोकी वा अन्य सामान्य चोटपटक, झाडापखाला र infection को लागि प्रयोग हुने औषधिहरु किनेर stock राख्नुहोस।

१२; यदि तपाईं आँफुमा coronavirus को लक्षण महसुस गर्नु भो भने नजिकको स्वास्थ चौकी वा सरकारी अस्पतालमा phone गरेर मात्र जानुस। मिल्छ भनेर emergency सेवा लाई नै तपाईंलाई लिन बोलाउनुस।

– एउटा कुरा ध्यान दिनुस, यदि हाम्रो ठाउँ नजिक coronavirus फैलियो र हामी सुरुसुरुमा निकै सतर्क भयौं भने पनि केहि दिनमा हामी अल्छी भै हाल्छौं, सुरुको जोस जागरण कम हुँदै जान्छ, virus फैलन नदिन सतर्कता अपनाउनु पर्ने कार्यहरु सहि रुपमा गर्न छाड्छौं। त्यसैले सतर्कतामा कमि हुन नदिन एकले अर्कोलाई जोस्स्याई राख्ने ध्यान दिईराख्ने गर्नु पर्छ।

(Visited 49 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु