लकडाउनमा मजदुरलाई जबरजस्ती काम लगाउँदै झापाका चिया व्यवसायी


२३ चैत । झापा :

देश लकडाउनमा अवस्थामा भएको बेला झापाका चिया व्यवसायीले मजदुरहरुलाई जबरजस्ती काममा लगाउने गरेको पाइएको छ ।

त्रिवेणी ग्रुप झापाले बर्ने चिया कमानका मजदुरहरुलाई न्युनतम सुरक्षा समते नअपनाइ काममा लगाएको हो ।

आफुहरुलाई जवरजस्ती काममा लगाएको मजदुरहरुले गुनासो गरेका हुन्।

काममा नआए राजीनामा देऊ भन्दै म्यानेजरले चेतावनी दिएपछि आफूहरु जोखिम मोलेर पनि काममा खटिएको उनीहरुले बताएका छन्।

मेचीनगर नगरपालिकाले गत शुक्रबार चिया कमान तथा उद्योग सञ्चालन गर्नको लागि पूरा गर्नुपर्ने न्यूनतम मापदण्डबारे तयार पारेको सूचना ।

कमानका म्यानेजर नितेश कुमार जैसवालले ‘कि काममा आउ, या त राजिनामा देउ’ भनेर बोलाउदै जबर्जस्ती हस्ताक्षर गराएको एक मजदुरले बताए। सामान्य सुरक्षा व्यवस्थासम्म नगरी चिया कमानका मालिकले मजदुरहरुलाई जबरजस्ती काममा लगाएर मजदुरको जिन्दगीमाथि खेलवाड गरेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले बताए।

अध्यक्ष भुजेलले कार्यस्थलमै आएर तत्काल काम रोक्न निर्देशन दिएको समेत जानकारी दिए। यता मेचीनगर क्षेत्रको टोकला चिया बगानले पनि आज मजदुरलाई बगानमा निकालेको छ । मेचीनगर नगरपालिका बाट प्राप्त अनुमति भन्दै उसले काम गर्न मजदुर खटाएको छ । तर कुनै मापदण्ड नै पुरा नगरि समूह गत रुपमा यसरी बगान क्षेत्रमा मजदुर परिचालन गर्दा अर्को जोखिम बढ्ने सम्भावना देखिएको छ ।

(Visited 27 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु