सबै टोल विकास संस्थालाई मेचीनगर नगरपालिको सूचना


मेचीनगर नगरपालिकाको कार्यालय झापा

आदरणीय अध्यक्ष
सबै टोल विकास संस्था
मेचीनगर नगरपालिका
कोरोनाभाइरस सङ्क्रमण रोकथामको सन्दर्भमा नेपाल सरकारबाट लक डाउन घोषणा भएपश्चात् दैनिक रोजगारीमा आश्रित तथा असहाय परिवारलाई तत्काल राहत दिने सन्दर्भमा मेचीनगर नगरपालिकाका १५ वटा वडाका २६१७२ घर परिवारमध्ये तत्काललाई ३,००० घर परिवारलाई कार्यालयबाट राहत उपलब्ध गराउने निर्णयानुसार मिति २०७६र१२र२२ गतेका दिन वडा नं. २ को लागि १६४ र वडा नं. ४ को लागि ११० राहत प्याकेज निकासा गरिएको छ । अन्य वडाको लागि क्रमशः निकासा हुने सिलसिलामा रहेको व्यहोरा अनुरोध छ ।

पहिलो चरणमा व्यवस्थापन गरिएको राहत सामाग्री अपुग हुने स्थिति भएमा थप राहतको व्यवस्थापन वडा समितिबाट हुनेछ । यस घडीमा सबै टोल विकास संस्थाको तर्फबाट खाद्यान्न अभाव भएका परिवारमा खाद्यान्न पुर्याउन र दोहोरो राहत वितरण हुन नदिन महत्वपूर्ण भुमिका निर्वाह हुन जरुरी छ । अर्को तर्फ खाद्यान्न राहत उपलब्ध गराउन इच्छुक संघसंस्था र ब्यक्तिहरुलाई वडा समितिको स्वीकृतिमा टोल विकास संस्थाले सिफारिस गरेका खाद्यान्न अभाव भएका परिवारलाई मात्र वडा समितिले तोकिएको मापदण्ड बमोजिम राहत सामाग्री बुझी टोल विकास संस्थाको सहयोगमा राहत वितरण गर्ने व्यवस्था गरिएको छ ।

खाद्यान्न राहत बितरण गर्न कुनै पनि संघसंस्थालाई नरोकिएको, मात्र तोकिएको मापदण्ड, प्रक्रिया र बिधि भित्रबाट मात्र राहत वितरण गर्न अनुरोध गरिएको छ । साथै नगद राहत सहयोग गर्न इच्छुक व्यक्ति, संघसंस्थाले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गरि दिनहुन अनुरोध छ । तोकिएको मापदण्ड भित्रमात्र राहत वितरण हुन, दोहोरो राहत वितरण हुन नदिन र कोरोना भाइरस संक्रमणले नेपालमा दोश्रो चरण प्रबेस गरिसकेको सन्दर्भमा राहत वितरणको बिषयलाई समेत भाइरस संक्रमणको स्थितिको अवस्थाबाट हेरी राहत वितरणको उल्लिखित प्रक्रियालाई गम्भीरतापूर्वक बुझिदिन हुन र बुझाउन हुन समेत अनुरोध गर्दछौ ।

सचिव
कोरोना भाइरस (COVID 19) संक्रमण नियन्त्रण बिशेष कार्यदल
मेचीनगर नगरपालिका इटाभट्टा

(Visited 28 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु