मेचीनगरको राहत वितरण :  पहिलो चरण वडा चार र दुईमा 


मेचीनगर । मेचीनगर नगरपालिका कार्यलय इट्टाभट्टाले आफ्ना नगरका विपन्न तथा लक्षित बर्गलाई राहत वितरण सुरु गरेको छ ।

विकास निर्माणको काममा व्यस्त देखिने मेचीनगर प्रमुख तथा प्रतिनिधीहरु यतिबेला खाद्य सामाग्रीको अभावमा छटपटाइरहेका आफ्ना जनतालाई दैनिक द्धउपभोग्य सामाग्रीहरु घरदैलोमा नै पुर्याउँने कार्यमा कम्मर कसेर लागि परेका छन् ।

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले चैत ११ देखि २५ गते सम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाउदै लकडाउन गरेको छ । लकडाउनको अवधि बढाउने संकेत सरकारले गरी रहेको छ ।
अहिले दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुर परिवारलाई अहिले काम नहुदा दैनिकरुपमा विहान–बेलुकाको छाक र्टान मुस्किल परिरहेको छ । यसलाई मध्यनजर गर्दै मेचीनगर नगरपालिकाले नगरको विपद व्यवस्थापन कोषवाट ५० लाख बढीको राहत कोष व्यवस्थापन गरेको भएपनि दाताहरुवाट सहयोग निरन्तर आइरहेकाले हाल सम्म कोषमा एक करोड बढीको वजेटको व्यवस्थापन भएको नगर प्रमुख विमल आचार्यले वताए ।

मेचीनगर नगरपालिकाको कार्यालय झापा

नगर साथै प्रत्येक वडा र टोलहरुको कार्यविधि निर्माण गरी आवश्यक्ता अनुसार नगर भित्रका मजदुर साथै अति विपन्न परिवारलाई आवश्यकीय खाद्य सामाग्री वितरण गर्न आवश्यक तयारी पुरा गरी सकेको नगरप्रमुख विमल आचार्यको स्वकीय सचिव विजय भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार शनिबार मेचीनगर वडा नम्बर २ र ४ मा आवश्यक राहत सामाग्री पठाई वितरण पनि सुरु गरीएको र दुई तीन दिन भित्र मेचीनगरका सबै वडामा राहत वितरण गरी सकिने जानकारी दिए ।

राहात सामाग्री वडा कार्यलयमा आइसकेको भएपनि वितरण गर्न भने समय लाग्ने मेचीनगर–४ का वडाध्यक्ष नबिन बरालले बताए । लागत पठाए अनुसार नगरपालिकाबाट राहात उपलव्ध नभएकाले वितरणमा समय लाग्न सक्ने उनले बताए ।

(Visited 33 times, 2 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु