झापामा अनौठो घटना : दाहसंस्कार गरेर गाडेको लाश २ युवकले निकालेर खान खोजेपछि…


प्रतिकात्मक तस्विर ।

२२ चैत धुलाबारी (झापा) । कोरोना संक्रमणको महामारीका बेला झापाको मेचीनगरमा भने अनौठो घटना भएको छ ।

मेचीनगर–९ स्थित मागुरमाडीम एक महिना अघि एक व्यक्तिको निधन भएको थियो । उनको शव वन परिसरमा दाह संस्कार गरिएको थियो । गाडिएको लाश खोतलेर स्थानीय दुई युवाले खान खोजेको स्थानीयले बताए ।

मादक पदार्थ खाएर लठ्ठ भएका ती युवाले साँझको समयमा लाश निकाल्न खोजेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै प्रहरी घटनास्थल पुगेर ती युवालाई आइन्दा यस्तो गल्ती नगर्न भन्दै झापड हानेर छाडेको एक स्थानीय युवाले बताए ।

इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक कैलाश चौधरीले उक्त घटनाको पुष्टि गरेका छन् । उनले त्यस्तो अमानवीय घटनामा संलग्न युवालाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताए ।

कोरोना संक्रमणका कारण उक्त घटनाका बारेमा अनुसन्धान गर्ने काम रोकिएको बताए ।

लाश निकाल्न खोज्ने व्यक्तिलाई के कारवाही गर्ने भन्ने विषयमा प्रहरी पनि अनविज्ञ नै छ ।

(Visited 587 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु