थोप्लेविरानमा ‘खान पुगोस्, दिन पनि पुगोस्’ अभियान


मेचीनगर । विश्वव्यापी फैलिएको कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिबाट सबैभन्दा बढी विपन्न परिवारमा खानलाउन समस्या भएको छ ।

दैनिक ज्याला मजदुरी गरी जीवन चलाउँदै आएका गरिब परिवारमा लक डाउनले असर गरेको हो । मेचीनगर–९ स्थित थोप्लेविरानको बालुवाटारका बासिन्दा भोकमरीको चपेटामा परेका छन् । उक्त बस्तीमा अधिकांश मानिस ज्यालामजदुरी गर्दै आएका छन् । तर, कोरोना संक्रमणका कारण मुलुक चैत ११ गतेदेखि ठप्प छ । यसैको असरले खानेकुरा अभाव भएको स्थानीय कुमार दनुवारले बताए । उनले काम बन्द भएकाले परिवारलाई दालभात खुवाउन नसकिएको बताए । सो बस्तीमा ४० भन्दा बढी विपन्न परिवार बस्छन् । तत्कालीन माओवादी पार्टीले उक्त बस्ती बसाएको हो ।

बालुवाटारका स्थानीयलाई खानलाउन समस्या भएपछि थोप्लेविरानका स्थानीयले राहत वितरण गरेका छन् । स्थानीय युवाहरुको सक्रियतामा नगद संकलन गरेर अति विपन्न १२ परिवारलाई पहिलो चरणमा दाल, चामल, तेल उपलब्ध गराइएको हो । स्थानीय युवा एकराज नेपालको नेतृत्वको समाजले परिवार संख्या हेरेर खाद्यान्न वितरण गरिएको हो । सामाजिक युवा नेपालले खान पुगोस्, दिन पनि पुगोस् भन्ने हेतुले मानवीय सहयोग गरिएको बताए ।

सहयोग गर्ने अन्य युवाहरुमा दिपक खनाल, अमर न्यौपाने, नविन दाहाल, अनिश ढुंगेल, पवित्रा आचार्य, गोविन्द खनाल छन् ।

राहत पाउनेहरुमा कुमार दनुवार, विना पाठक, पुसनी किसान, टंकमाया सार्की, ढोलन दनुवार, चिन्तामणि कर्माकार, गोपाल विक, निशान्त दनुवार, सिंहबहादुर लिम्बू, सोमलाल किसान, पूर्णबहादुर बस्नेत, पूर्णबहादुर रोक्का छन् ।

राहत वितरणका अगुवा नेपालका अनुसार अन्य परिवारको आर्थिक अवस्था हेरेर राहत वितरण गरिदै जानेछ । सरकारले विपन्न परिवारको पहिचान गरेर खाद्यान्न उपलब्ध गराउने भने पनि बालुवारटारका गरिब परिवारले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।

(Visited 53 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु