मेचीनगरको राहत कोषमा २ लाख बढी रुपैयाँ जम्मा


मेचीनगर नगरपालिकाको कार्यालय झापा

काँकरभिट्टा । मेचीनगर नगरकार्यपालिकाको कार्यालयमा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको राहत कोषमा २ लाख बढी रकम जम्मा भएको छ ।

राहत कोषमा शुक्रबार सम्म कर्णाली वचत तथा ऋण सहकारी संस्था लि. धुलावारी तथा इटाभट्टा शाखा ५० हजार, सिम्रिक वचत तथा ऋण सहकारी संस्था लि. मेचीनगर ५० हजार भानु वहुमुखी सहकारी संस्था लि. मेचीनगर – १० बाट ५० हजार मेचीनगर वचत तथा ऋण सहकारी संस्था लि. मेचीनगरर- ९ बाट ५१ हजार र निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरले ५० हजार रुपैयाँ गरी कुल २ लाख ५१ हजार रुपैयाँ जम्मा भएको मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

तस्वीर गुगलबाट लिइएको हो ।

यसैगरी, साहारा नेपाल, झापा (क्वारेन्टाइनमा रहेकाका लागि) खाद्य सामाग्री ३७ हजार ७ सय ८० रुपैयाँका जिन्सी सामान तथा सागर शिवाकोटी, मेचीनगर ९ फेस शिल्ड ३३ थान, हिमालयन वचत तथा ऋण सहकारी, मेचीनगर १० प्रोटेक्टिभ गाउन १० थान, प्रणामी युवा परिषद, झापा प्रोटेक्टिभ गाउन १० थान र विद्या विकास एकाडमी, मेचीनगर ४ प्रोटेक्टिभ गाउन १० थान उपलब्ध भएको कारोना भाइरसंक्रमण रोकथाम र राहत तथा उदद्वार कार्य सञ्चालन समिति सचिव अनन्तप्रकाश वस्तीले बताए ।

(Visited 6 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु