मेचीनगरले भोली (शनिबार) बाट राहात वितरण गर्ने


मेचीनगर नगरपालिकाको कार्यालय झापा

मेचीनगर । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागु गरेको लक डाउनका कारण बिहान बेलुका खाना खान समेत नपाउने अवस्थाका परिवारलाई मेचीनगर नगरपालिकाले शनिबार (भोली) बाट राहत वितरण गर्ने भएको छ । मेचीनगर विषद् व्यवस्थापन समितिका संयोजक टिका मंग्रातीले शनिवारबाट राहात वितरण गर्ने सम्पूर्ण तयारी पूरा भएको वताए ।

राहात वितरण गर्नका लागि आवश्यक सामाग्रीका लागि २४ घण्टे बोलपत्र आह्वान गरेको थियो । बोलपत्र मार्फत खाने तेल बाहेकको अन्य प्याकेज उपलव्ध भइसकेको संयोजक मंग्रातीले बताए ।

मेचीनगर विषद् व्यवस्थापन समितिका संयोजक टिका मंग्राती

बोलपत्र मार्फत खाने तेल उपलव्ध नभएपछि खरिदका लागि संयोजक मंग्राती सहितको टोली बिराटनगर प्र्रस्थान गरेको छ । आवश्यक पर्ने १५ सय लिटर खाने तेल खरिदको लागि गएको टोलीले शुक्रवार रातीनै मेचीनगर ल्याइसक्ने बताएको छ ।

तत्कालका लागि प्रति परिवार १५ केजी चामल, २ केजी दाल, ३ केजी आलु, आधा लिटर खाने तेल र एक किलो नूनको प्याकेज बनाएर बितरण गरिने बताइएको छ ।

(Visited 32 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु