डिफरेन्टली एबल ट्यालेन्ट अवार्ड हुने


झापा । डिफरेन्टली एबल ट्यालेन्ट अवार्ड हुने भएको छ । फरक क्षमता भएका अपाङ्गहरुका लागि लक्षित गरेर अपाङ्ग प्रतिभा ९डिफरेन्टली एबल ट्यालेन्ट०अवार्ड २०२० हुने भएको हो ।

दिव्यज्योती फाउन्डेसन नेपाल र र्चिल्द्रेन गार्डन एकाडेमिको आयोजनामा उक्त अवार्ड गर्न लागेको कार्यक्रम संयोजक तथा विश्व साइकल यात्री चित्र पौडेल र रश्मि शाक्य ले जानकारी दिए ।

पौडेलका अनुसार वैशाख २५ गते आवेदन खुल्ला गरिने छ भने सातवटै प्रदेशबाट फरक क्षमता भएका विभिन्न बिधाका प्रतिभाहरु छनौट गरी काठमाडौंमा फाइनल कार्यक्रम आयोजना हुने छ ।

जुनसुकै उमेर र प्रतिभा भएका अपाङ्गहरुले आफ्नो कला प्रस्तुत गर्न सक्ने उनले बताए । अपाङ्ग प्रतिभा अवार्ड २०२० लाई सफल पार्न आयोजकले सबैलाई आह्वानसमेत गरेको छ ।

(Visited 36 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु