लकडाउनको कारण भोकै भएपछि झापाका २ सञ्चारकर्मीले वितरण गरे खाद्य सामाग्री


२१ चैत । झापा :

हामी घरमा छौं उनीहरु सडकमा , हामीले २ छाक जसो तसो खाएका छौ उनीहरु भोकै छन ।

यो शब्द आफैमा मार्मिक छ । यति बेल देश डक डाउन भएको एघारौ दिन बितेको छ ।

घरबाट कोहीँ पनि बाहिँर निस्कने अवस्था छैन । घरमा आवश्क पर्ने सामान कतिले राखेको अवस्था छ भने धेरैको अभाव ।

तर सडकमा जो परिवार बिहिन भएर वा मानसिक सन्तुलन गुमाएर बसेकाहरुको लागि यति बेला दिन कष्टकर नै छ ।

बजार खुल्दा मागेरै भएपनि पेट भरर्ने यी मानिसहरु यति बेला भोको पेटकै दिन रात कटाइरहेका छन । झापामा पनि यी प्रकृतिका दजनौ मानिसहरु सडकमा रहेका छन् । उनीहरुको बारेमा कसैको ध्यान नै गएको छैन ।

तर झापाका युवा संचारकर्मी अनुसन्धान मिडिया संचालक खगेन्द्र घिमिरेले सक्ने केहीँ गर्नु पर्छ भन्ने सोच बनाए ।

उनले संचाकर्मी पूर्वी ब्लुजका सचिन न्यौपाने सँगको सहकार्यमा आज झापाका बिभिन्न क्षेत्रमा रहेका एक दर्जन बढी यी मानिसहरुलाई केही राहत दिएका छन ।

काँकरभिट्टा बाट बिर्तामोड सम्मको सडमा भेटिएका एक दर्जन लाई फलफुल,बिस्कुट,फ्रुटि बितरण गरेका हुन ।

सडकमा भेटिएको यी मानिसहरु भोको पेटमा यो साम्रगी पाएपछि धेरै खुसी भएको घिमिरेले बताए ।

धाईजनमा रहेको रितिका डेरी बाट प्राप्त बिस्कुट र अन्य निजि खर्चबाट उनीहरुलाई बितरण गरिएको हो ।

यो सँगै लकडाउनको समय अझै बढेमा यी मानिसहरुको पहिचान गरेर सहयोगि दाताको खोजी गरि नियामित खानाको व्यवस्था गर्ने सोच रहेको उनले बताए ।

(Visited 38 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु