मेचीनगरको राहत कोष :  मेची कृषकले ५० हजार बराबरको चामल सहयोग गर्ने


तस्वीर गुगलबाट लिइएको हो ।

मेचीनगर । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउने क्रम जारी छ ।
मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । राहात कोषमा मेची कृषक बहुमुखी सहकारी सस्थाले ५० हजार बराबरको चामल सहयोग गर्ने भएको छ ।

संस्थाको अध्यक्ष हरि बुढाथोकीको अध्यक्षतामा बिहीवार बसेको बैठकले नगरपालिकाले स्थापना गरेको कोषका लागि ५० हजार बराबरको सहयोग गर्ने निर्णय भएको संस्थाका कार्यसमिति सदस्य रुपसागर अधिकारीले जानकारी दिए । वैठकमा सस्थाका व्यवस्थापक दिपक काफ्ले, सदस्य सूर्य अधिकारी र माधव आचार्यको उपस्थिति रहेको थियो ।

नगरपालिका मार्फत १००० केजी मनसुली चामल सहयोग गर्ने र मेचीनगर नगरपालिकाले भनेको बेला भनेको स्थानमा उपलब्ध गराउने निर्णय भएको सदस्य अधिकारीले बताए ।

(Visited 11 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु