मेचीनगरको राहत कोषमा मेचीनगर साकोसले ५० हजार सहयोग गर्ने


मेचीनगर नगरपालिकाको कार्यालय झापा

मेचीनगर । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउन क्रम जारी छ ।

मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । राहात कोषमा मेचीनगर बचत तथा ऋण सहकारी सस्थाले पनि सहयोग गर्ने इमेची डटकालाई वताए । राहात कोषमा ५१ हजार दिने निर्णय भएको मेचीनगर साकोसका व्यबस्थापक मानस सिटैलाले इमेचीलाई जानकारी दिए ।

मेचीनगर साकोसको बिहीवार बसेको बैठकले मेचीनगरको राहत कोषमा ५१ हजार दिने निर्णय भएको व्यबस्थापक मानस सिटैलाले बताए । रकम भोली मात्र बैङ्कमा जम्मा गरिदिने उनले बताए ।

मेचीनगरका प्रमुख विमल आचार्यले नगरभित्रका विपन्न परिवारको लगत सङ्कलन भइरहेको जनाउँदै कोषबाट लकडाउनमा बिचल्ली भएका अतिविपन्न व्यक्तिलाई सहयोग पुर्याइने बताए ।

(Visited 7 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु