मेचीनगरको राहत कोषमा कर्णाली र सिम्रिकले दिए एक लाख


काँकरभिट्टा । झापा जिल्लाका दुईवटा सहकारी संस्थाले जिल्लाका १५ वटा स्थानीय तहको विपद् व्यवस्थापनका लागि १६ लाख रुपैयाँ प्रदान गर्ने भएका छन् ।
सोहि अनुसार विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन , २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिमा रकम जम्मा गर्ने क्रम शुरु भएको छ । झापाको मेचीनगर नगर स्तरीय विपद् व्यवस्थापन कोषमा विहीबार झापाका दुईवटा सहकारीले एकलाख रुपैयाँ जम्मा गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

झापाको विर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था र सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिडेटले मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई ५०/५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।

बिर्तामोडमा मुख्य कार्यालय रहेका दुवै सहकारीले कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउनका बेला विपन्न परिवारको खाद्यान्न सहयोगका लागि स्थानीय तहको कोषमा रकम जम्मा गरेको बताएका छन् ।

कर्णाली बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक सदस्य तथा धुलावारी इटाभट्टा सेवा केन्द्रकी प्रमुख जानुका ओलीसहितको टोलीले तथा सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कमलबहादुर बस्नेत र सचिव सुभास भट्टराईले नगर प्रमुख आचार्य र उपप्रमुख उप्रेतीलाई सहकारीकातर्फबाट कोषमा जम्मा भएको रकमको भौचर र नगद रकम हस्तानतरण गरेका थिए । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले जिल्लाका १५ वटै स्थानीय तहले स्थापना गरेको राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको संस्थाकी सञ्चालक सदस्य तथा धुलावारी इटाभट्टा सेवा केन्द्रकी प्रमुख जानुका ओलीले बताइन् ।

केन्द्रीय कार्यालय रहेको बिर्तामोड नगरपालिकाको कोषमा एक लाख रुपैयाँ र अन्य १४ वटा स्थानीय तहको कोषमा ५० हजार रुपैयाँका दरले सहयोग रकम हस्तानतरण गरिएको ओलीको भनाई छ । संस्थाको बिपत ब्यवस्था कोषबाट आठ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उनले बताइन् ।

सिम्रिक साकोसका सचिव भट्टराईका अनुसार बिहीबार बसेको सञ्चालक समितिको बैठकले कोरोनाको कारण आक्रन्त अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न झापा जिल्लाका १५ वटै स्थानीय तहले स्थापना गरेको राहत कोषमा रकम जम्मा गर्ने निर्णय अनुसार संस्थाको केन्द्रीय कार्यालय रहेको बिर्तामोड नगरपालिकाको कोषमा एक लाख रुपैयाँ र अन्य १४ वटा स्थानीय तहको कोषमा ५० हजार रुपैयाँका दरले सहयोग रकम हस्तानतरण गरिएको हो ।

कोभिड १९ बाट बच्न गरिएको लकडाउनमा विपन्नले खाद्यान्नको अभावमा भोकभोकै बस्न नपरोस् भन्ने ध्येयले संस्थाको बिपत ब्यवस्था कोषबाट आठ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सचिव भट्टराईको छ ।

(Visited 19 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु