मेचीनगरको राहत कोषमा तारापुञ्ज साकोसको सहयोग


मेचीनगर । मेचीनगर नगरपालिका कार्यालय इटाभट्टाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन स्थापना गरेको आकस्मिक राहत कोषमा विभिन्न संघ संस्थाको सहयोग आउन क्रम जारी छ ।

मेचीनगर नगरपालिकाले ५० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ । राहात कोषमा तारापुञ्ज बचत तथा ऋण सहकारी सस्थाले पनि सहयोग गरेको छ । राहात कोषमा ११ हजार १ सय ११ सहयोग गरेको साकोसका व्यबस्थापक मोहन अधिकारीले इमेचीलाई जानकारी दिए ।

मेचीनगरका प्रमुख विमल आचार्यले नगरभित्रका विपन्न परिवारको लगत सङ्कलन भइरहेको जनाउँदै कोषबाट लकडाउनमा बिचल्ली भएका अतिविपन्न व्यक्तिलाई सहयोग पुर्याइने बताए ।

(Visited 61 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु