मेचीनगर । मेचीनगर–१० घुलावारीका हरि श्रेष्ठले यतिखेर घर–घरमा ताजा सब्जी पुर्याइरहेका छन् । मेचीनगरका विभिन्न क्षेत्रमा उनले ताजा तरकारी टोलटोलमा पुर्याउन थालेका हुन् ।
बिहान मेचीनगरको चारआली सब्जी मण्डीबाट खरिद गरि ‘सानो हात्ति’मा सब्जी लोड गरेर टोलटोलमा पुर्याएको र सर्वसाधारणलाई विक्री गर्ने गरेको उनले बताए । सब्जीमा पनि कालाबजारी भएको पाएपछि उनले यो कामको थालनी गरेको बताए । उनले भने–लक डाउनको समयमा तास खेलर बस्नु भन्दा केही उदाहरणिय काम गर्न मन लागेकाले यो काम सुरु गरेको हौ ।’ ‘नाफा कमाउनुभन्दा पनि सेवाको लागि यो काम गरेको उनले बताए ।’


उनले भने– लक डाउनका बेला सर्वसाधारणलाई अभाव नहोस् र उनीहरु घरभित्रै बसिरहन सहयोग पुगोस् भनेर मेचीनगर क्षेत्रमा उपभोक्ताको हातैसम्म ताजा सब्जी पुर्याउने योजना रहेको बताए । तपाईहरुलाई पनि ताजा सब्जी चाहियो भने हरि श्रेष्ठको मोवाइल नम्वर ९८४२७०२२३४ मा सम्पर्क गर्नुहोला ।

तरकारी बेच्न जाँदा उपभोक्तासँगको सामाजिक दुरी कायम गरिएको र भीड जम्मा हुन नदिइएको उनले बताए । ।

(Visited 56 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *