विषादी छर्कने क्रममा घाइते भएका अभिनाशको सम्पूर्ण उपचार नगरपालिकाले गर्ने (अपडेट)

ब्लिचङ पाउडरको घोल छिट्ने क्रममा विषादीले डढेको १५ वर्षीय अभिनाश सुवेदीको पिठ्यूँ । तस्बिर : खगेन्द्र घिमिरे
१९ चैत । काँकडभिट्टा (झापा) :
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि कीटाणुनाशक रसायन छिट्ने क्रममा घाइते भएका मेचीनगर–६ सुनखरी टोलका १५ वर्षीय अभिनाश सुवेदीको सम्पूर्ण उपचार खर्च मेचीनगर नगरपालिकाले गर्ने भएको छ ।
मेचीनगर नगरपालिका विषद् व्यवस्थापन समितिका संयोजक टिका मंग्रातीले सुवेदीको सम्पूर्ण उपचार खर्च नगरपालिकाले गर्ने वताए ।
वुधवार विहान विभिन्न अनलाइन सञ्चारमाध्यममा समचार प्रकाशित भएपछि नगरपालिकले पनि चासो दिएको हो । घाइतेको घरमा इमेची डटकमका सञ्चालक प्रकाश पौडेललगायतको पत्रकारको टोली पुगेर घटनाको थप जानकारी बाहिर ल्याएको हो ।
केटिएम दैनिकबाट प्रत्यक्ष प्रशारण गरेपछि नगरपालिकाको टोली घाइतेको घर पुगेको थियो ।
संयोजक मंग्राती एम्वुलेन्स लिएर घाइतेको घरमा पुगेका थिए । बिरामीलाई उपाचारका लागि मनमोहन हस्पिटल विर्तामोड लगिएको छ ।
मेचीनगर नगरपालिकाले १५ वटै वडाका टोल–टोलमा डिसइन्फेक्टेन्ट (ब्लिचिङ पाउडर’को घोल छिट्ने काम सुरु गरेको गरेको थियो ।
त्यही क्रममा अभिनाश घाइते भएका हुन् । टोल विकास समितिले उनलाई विषादी छिट्न प्रयोग गरेको थियो । अभिनाश स्थानीय काँकडभिट्टा माविमा कक्षा ९ मा पढ्छन् ।
प्रतिकृया दिनुहोस्