स्पेनमा थप तीन नेपालीमा कोरोना


Men wear protective masks as they walk through Puerta del Sol square in Madrid, Spain, on March 4, 2020. Photo: Reuters

१९ चैत काठमाडौं :

स्पेनको क्टायालोनिया क्षेत्रमा बस्दै आएका थप तीन नेपालीमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।

उनीहरुको फरक–फरक अस्पतालमा उपचार भइरहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । स्पेनमा कोरोना संक्रमितच नेपालीको संख्या ७ पुगेको पनि दुतावासले जनाएको छ ।

यसअघि चार जनामा संक्रमण भेटिएको थियो । दुई जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी दुई उपचारमै छन् ।

क्याटालोनिया क्षेत्र कोरानोको महामारीबाट सबैभन्दा बढी प्रभावित छ । त्यहाँ करिब ४ हजार नेपाली छन् ।

(Visited 9 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु