सामाजिक दुरी कायम गर्दै नेकपा मेचीनगरको बैठक


तस्विर । प्रकाश खड्काको फेसबुकबाट

१८ चैत । झापा :

झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १० मा सामाजिक दुरी कायम गर्दै बैठक सम्पन्न भएको छ ।

मेचिनगर नगरपालिकाले कोरोना संक्रमणको कारणले लकठाउन भैरहेको यो अवस्थामा दैनिक मज्दुरी गर्ने मजदुर, बिपन्न बर्ग लाई बिहिबाट गर्ने भनेको राहत बितरणको र अन्य समस्याको बारेमा बैठक सम्पन्न भएको हो ।

मंगलबार नेकपा मेचीनगर १० ले सामाजिक दुरी कायम गर्दै सम्पन्न गरेको बैठकमा दैनिक उपभोग्य खाध्य बस्तु को सहज बितरण, कालो बजारी हुन नदिन, जनता को स्वास्थ्य सग प्रत्यक्ष प्रभाव पार्ने गरी आउँदै गरेका भारतिय गाडी को सन्दर्भ , लागू औषध दुर्ब्यसनी, स्थानिय प्रशासनको सुरक्षा ब्यवस्था र स्थानिय सरकारको राहत बितरण मा ढिलासुस्ती लगायतका विषयमा गम्भीर छलफल गरेको थियो ।

साथै सरकार द्वारा बितरण हुने राहत लाई पारदर्शी बनाउन टोलमा बस्ने बिपन्न बर्ग, मजदुर, लगायतको विबरण आफ्नो जिम्मेवारी सम्झी टोल मार्फत वडा मा जानकारी गराउनु सबैमा आग्रह गरेको छ।

थप जानकारीको लागि मोबाइल नम्बर ९८४२७१९०११ मा सम्पर्क गर्न सकिने प्रकाश खड्काले इमेचीलाइ बताए ।

(Visited 41 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु