मेचीनगर नगरपालकिालाई मेची अभियानको सहयोग


काँकरभिट्टा । हामी जुट्छौं फेरी उठ्छौं भन्ने मुल मन्त्रबाट स्थापित मेची अभियानले कोरोना संक्रमण न्युनिकरणको लागी सोमबार फेरी आफ्नो अभियान सुरु गरेको छ । २०७२ सालको विनाशकारी भुकम्पबाट पिडितहरुको सेवामा स्थापना भएको मेची अभियान मानविय विपत्तीमा सधै अग्रसर रहदै आएको अभियानका संयोजक विजय डालमियाले बताए ।

सदैव मानविय सेवामा अग्रसर रहने डालमियाले आफ्नै पहल कदममा बनाईएका पिपिई किट १० थान र ल्९ढछ ५० थान मास्क मेचीनगरपालिकालाई एक कार्यक्रमका बिच हस्तानतरण गरिएको छ । उक्त सामाग्री मेचीनगरका प्रमुख मेयर विमल आचार्यलाई हस्तानतरण गरिएको थियो । अभियानले फुड बैंक स्थापना गरेको छ । डालमियाले भने यो कोरोना भाइरस नियन्त्रणका लागी सरकारले गरेको लकडाउनबाट दैनिक ज्याला दारी गरि जीवनयापन चलाउँदै आएका विपन्न नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
लकडाउनको अवधिमा कोहि पनि नागरिकलाई सामान्यतया खाध्यन्न सामाग्रीको अभावलाई परीर्पुिर्त गर्न मेचीनगरपालिका स्तरीय कार्यदल बनेको छ । कार्यदलको संयोजक उपप्रमुख मिना उप्रेती रहने गरी ८ सदस्य समिति छ । अभियानले संकलन गरेको रकम र विभिन्न खाध्यन्न वस्तु कार्यदलको सिफरिसमा वितरण गरिने दालमियाले बताए ।

२०७२ सालमा स्थापना भएको मेची अभियानले भुकम्पको बेला १० वटा जिल्लामा भुकम्प पिडितलाई राहत सामाग्री उपलब्ध गराएको थियो, भने काभ्रेमा २, रामेछापमा २, र दोलखामा १ विद्यालय भवन निमार्ण गरेको थियो ।

कोरोना संक्रमणबाट विश्वका मानव चिन्तित बनेको यो समयमा नेपाल र नेपालीमा पनि त्यतिकै जोखिम बढेको छ । यो घडीमा अत्यन्तै संयमित हुन आग्रह गर्दै नेपाली काँग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले ग्रुप च्याटमा लेखेका छन् । मेची अभियान सबै खाले राजनैतिक आग्रहमुक्त अभियान एक साझा मानविय अभियान हो । सबैलाई विशेष अनुरोध गर्दै संयम सर्तकता र एकताका साथ यसलाई अघि बढाऔं । मेचीको किनारबाट केही अलग सन्देश सम्प्रेषन गरौ भन्दै आग्रह गरेका छन् ।

यस क्षेत्रमा क्रियाशिल सामाजिक संघ–संस्था, राजनितीक दल, नागरिक समाज, सञ्चारकर्मी, उद्यमी व्यवसायीसमेतको सहभागितामा १९ सदस्य समिति रहेको छ ।

(Visited 18 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु