मेचीनगर । झापा जिल्लामा रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले लकडाउनको अवधिमा विपन्न वर्गका आफ्ना सदस्यहरुलाई विना झन्झट दुई हजार रुपैयाँ सापटी दिने भएको छ ।

संस्थाको सोमवार काँकरभिट्टामा बसेको पदाधिकारी बैठकले एनएमसीका सदस्यहरुलाई २ हजार रुपैयाँ नगदै सापटी दिने निर्णय गरेको कर्पोरेट सचिवालयका कर्मचारी हेमन्त निरौलाले जानकारी दिए ।

‘एनएमसी सदस्य भएको विपन्न वर्गको व्यक्तिले संस्थाको कुनै पनि कार्यालयमा गएर मलाई अत्यावश्यक खाद्यान्न लगायतका सामान किन्न पैसा भएन भन्यो भने,’ उनले बैठकको निर्णयबारे जानकारी दिदै भने–‘संस्थाले २ हजार रुपैयाँ खुरुक्कै नगदमा दिनेछ ।’

लकडाउनका बेला विपन्न समुदायले भोकभोकै बस्नु नपरोस् भनेर संस्थाले यस्तो निर्णय गरेको उहाँको भनाई छ । तर सापटी लिने व्यक्ति एनएमसीको सदस्य रहेको हुनुपर्दछ । उक्त सापटी जेठ मसान्तसम्ममा संस्थालाई फर्काउनु पर्ने छ । सापटी लिएको रकमको व्याज लाग्ने छैन ।

झापाको अग्रणी सहकारीको रुपमा चिनिएको एनएमसीले दुहागढीमा नमुना कृषि फार्म र जिल्लाका ३ स्थानमा सहकारी पसल सञ्चालन गर्दै आएको छ । जिल्लाभर ३८ वटा बैङ्किङ सेवा प्रदान गर्ने कार्यालय छन् ।

ती सबै बैङ्किङ कार्यालय मङ्गलबारदेखि विहान १० देखि दिउँसो २ बजेसम्म खुल्ने भएका छन् । सहकारीका ८३ हजार सदस्य छन् ।

(Visited 6 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *