एयर अरबियामा आएका झापाका ९ यात्रीको पहिचान भयो


काँकडभिट्टा । तेस्रो संक्रमित चढेको एयर अरबिया जी ९५३७ विमानमा सवार १ सय ७० मध्ये ९ जना झापाका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार झापाका सबै यात्रीको पहिचान भइसकेको छ ।

यसअघि अर्को संक्रमित सवार कतार एयरको क्यू ६५२ विमानमा ७ जना झापाका थिए । उनीहरुको समेत पहिचान भइसकेको छ ।

(Visited 40 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु