लकडाउन प्रभावित श्रमिकलाई स्थानीय तह र प्रदेशले राहत दिनुपर्ने


१६ चैत, कामठाडौं । सरकारले कोरोना रोकथामका लागि सरकारले चालेको कदमबाट प्रभावित श्रमिकलाई स्थानीय तह र प्रदेश सरकारले राहत दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले राहत दिनुपर्ने श्रमिक परिवार स्थानीय तहले पहिचान गरी स्थानीय तह र प्रदेशले कोष खडा गरी राहत दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले यस्तो कोषमा रकम अपुग भए संघीय सरकारले उपलब्ध गराउने जानकारी दिए ।

राहत दिनुपर्ने श्रमिक परिवार स्थानीय तहले पहिचान गरी लगत तयार गर्ने र राहत लिने परिवारले वडा कार्यालयमा निवेदन दिनुपर्ने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै स्थानीय तहले राहत उपलब्ध गराउँदा लकडाउन अवधिभरको दैनिक आवश्यकता पूरा हुने गरी मात्र गर्ने मन्त्री खतिवडाले बताए ।

पर्यटन क्षेत्रको श्रमिकको चैत महिनाको पारिश्रमिक रोजगारदाताले दिने, ज्यालादारीको चैत महिनाको पारिश्रमिक पनि रोजगारदाताले दिनुपर्ने निर्णय सरकारले गरेको छ ।

(Visited 12 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु