मेचीनगरबासी कोही पनि भोकै मर्नु पर्दैन– नगर प्रमुख आचार्य


मेचीनगर । मेचीनगर प्रमुख विमल आचार्यले केही पनि नगरबासी खना नपाएर मनुपर्ने अबस्था नआउने बताएका छन् ।

इमेची डटकमसँगको कुराकानीमा उनले परिस्थिती र आबश्यकता अनुशार सबै ब्यबस्था मिलाउने बताउदै नगरबासीका हरेका समस्याको समाधान गर्न नगरपालिका सक्षम रहेको वताएका हुन् ।

उनले भने–‘यो संबेदनशिल समयमा बिश्वभर फैलिएको कोरोनाको प्रकोपबाट वच्न सतर्क रहि सरकारले लागू गरेको लकडाउन पुर्ण पालना गरिदिनुहुन सम्पूर्ण मेचीनगर नगरपालिका बासीहरुमा अनुरोध गर्दछु ।’ ‘सबै आ–आफ्नो घरमा बसि,बाहिर ननिस्किनुहोला !’ ‘आइपर्ने सक्ने संभाबित जोखिम र त्यसबाट नगरबासिमा पर्न जाने अशरका सम्बन्धमा मेचिनगर गम्भिर छ !’ उनले भने– ‘नगरबासीको स्वास्थ्यलाई ध्यानमा राखेर धुलाबरी स्वास्थ्य केन्द्रलाई फिभर क्लिनिकको रुपमा र आम्दा मेची अस्पताल एवम् अन्य नगरका स्वास्थ्य केन्द्रहरुमा ओ.पि.डि सेवा सञ्चालन गरिएको छ !’

आज बसेको बिपत व्यवस्थापन समितिको आपतकालीन बैठकले खाध्यान्न तथा अति आबश्कीय सामानहरुको अभाब हुन नदिने र नगरका अति बिपन्न बर्ग पहिचान एबम् यथेस्ट जानकारीका निमित्त समाजसेवी ब्याक्तित्वहरु सहितको कार्यदल गठन गरिएको छ नगर प्रमुख आचार्यले बताए ।

(Visited 104 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु