उपचारको अभावमा जनता मरेको हेर्न चाहन्छ सरकार !


बिश्वको २ सय बढी देशहरुमा यति बेला कोरोनाको कारण ३० हजार ८ सय बढीको मृत्यु भईसकेको छ । आइतबार विहान ६ बजेसम्म २ सय भन्दा बढी मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ३० हजार ८ सय ३९ जनाको मृत्यु भईसकेको समाचार बाहिर आएको छ । भने ६ लाख ६२ हजार ६ सय मानिस संक्रमित भएका छन् । यसमध्ये १ लाख ४१ हजार ५ सय निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सबैभन्दा बढी चपेटामा इटाली परेको छ । त्यहाँ मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

यो अवस्थामा नेपाल पछि अछुतो बनेन शनिबार बेलुका सम्म आईपुग्दा नेपालमा ५ जनामा यो रोग लागेको पुष्टि भइसेकेको छ । यसैलाई थप सक्रमण नफैलोस भन्ने उदेश्यले नेपालमा लकडाउन गरेको ६ दिन भएको छ । यो अझै लम्बिने अवस्थामा छ ।

लकडाउनको मारमा गरिव जनता

तर बिडम्वना कहाँ नेर छ भने जनताले अहिले नेपाल सरकार भए नभएको कुनै महशुस गर्न पाएको अवस्था छैन । लकडाउनको ६ दिन सम्म आइपुग्दा नेपाली जनताले आफ्नो भित्रि समस्या देखाउँन नसके पछि भित्र भित्रै अभावको कारण समस्या देखिन थालेको छ । सरकार बिहिन नेपाली जनता भन्दा फरक नपर्ला । बिहान बेलुका के खाउ भन्ने पिडामा बाचेका जनताहरु अहिले भोकमारी देखिने अवस्थामा देखिएका छिन । निकास बिनाको बिकास भने झै जनताको हितमा समस्या देखिएको यत्रो दिन हुँदा समेत सरकार निकम्व बनेको छ ।

प्लास्टिकको सेतो रेनकोट स्वास्थ्यकमीको (पीपीई)

यो त भयो डक डाउनको कुरा यति बेला उपचारको लागि खटिएको स्वास्थ्य कर्मी आफु कति बेला मृत्युको शिकार बन्नु पर्ने हो । जिवनलाई अचानोको दाउँमा राखेर खटिरहेको अवस्था छ ।

खटिएको डाक्टर र अन्य स्वास्थ्यकर्मीहरु भने प्लास्टिकको सेतो रेनकोटलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई)को रुपमा उपयोग गर्दै विरामीको उपचारमा खटिन बाध्य बनेका छन । यो दुखद अवस्था छ हाम्रो नेपालमा । अनि हामी नेपाली जनता भनेर नेपाल सरकारलाई प्रशसा गर्ने कुनै ठाउँ छैन । क्वारेन्टाइन आइश्ुलेसन कक्षा साथै अस्पतालमा व्यक्तिगत सुरक्षाको भरपर्दो व्यवस्थाको अभावमै डाक्टर र नर्सहरुले कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम मोलेर विरामीको सेवा गरिरहेको छन ।

सेतो रेनकोट काटेर पीपीई ठानेर काम चलाउनु पर्ने नेपालका स्वास्थ्यकर्मीको अवस्था नेपाल सरकारले बुझन नसकेको हो ? कि बुझेर पनि बुझ बचाएर बसेको हो ? पीपीई र ग्लोब बजारमा पाइँदैन, सरकारले दिन सकेको छैन ।’ चिकित्सक र अन्य स्वास्थ्यकर्मी भने प्लास्टिकको सेतो रेनकोटलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ)को रूपमा उपयोग गर्दै बिरामीको उपचारमा खटिन बाध्य छन् ।

तातोपानी पनि खान नपाएको कोरोना संक्रमितले गुनासो

उता सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितले गुनासो गरेका छन – स्वास्थ्यकर्मी मेरो कोठामै छिर्दैनन, उपचार गर्न नसक्ने भए काठमाडौं पठाइदिनू । तर उनको यो आवाज कसैले सुन्न सकेको छैन । अर्को तिर डाक्टर भन्छन हामीसँग व्यक्तिगत सुरक्षा सामग्री छैन, यो अवस्थामा समस्या हुनु स्वभाविक हो । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित युवाले उचित उपचार नपाएको गुनासो गरेका छन् । भर्ना भएदेखि चार दिनसम्म चेकजाँच त परको कुरा कोठामा स्वास्थ्यकर्मी समेत नछिरेको बताए । उनले आफुले तातो पानी समेत खान नपाएर चिसो पानी खानु परेको बाध्यता सुनाएरका छन ।

सेती अस्पतालको एक नर्सको मार्मिक स्टाटस

सेती अस्पतालको एक नर्सको मार्मिक स्टाटस लेखेका छन मर्ने कसैको रहर हुदैन, तर नमरेको कुनै प्रहर हुदैन।।

सेती प्रादेशिक अस्पतालमा कार्यरत सिनियर नर्स भगवती बडालले शनिवार दिउसो आफ्नो फेसबुक वालमा स्टाटस पोष्ट गरिन – मर्ने कसैको रहर हुदैन, तर नमरेको कुनै शहर हुदैन, भागेर जाउ कुन ठाउँ जाउ, मान्छे नमर्ने शहर हुदैन ।अस्पतालको आईसोलेसनमा राखिएका व्यक्तिमा कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि बडालले पोष्ट गरेको यो स्टाटसले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको मनोदशा र मानसिक अवस्था प्रष्ट्यायो ।उनको यो मार्मिक स्टाटसले धेरैलाई भावुक पनि बनाएको छ ।

एकदिनअघि सम्म ती व्यक्तिको रेखदेख र उपचारमा संलग्न चिकित्सकहरु आतंकित भए । सुरक्षाका कुनै उपाय नभएका र सहजै उपचार गरिरहेका ती सबै स्वास्थ्यकर्मीहरु जो जो उनको सम्पर्कमा थिए, उनीहरु निकै आतंकित भए ।सुरक्षा कवच मानिने पर्सनल प्रोटेक्टिभ ईक्युमेण्ट (पीपीई), मास्क, सेनिटाईजर उपलब्ध नभएपनि बिरामीको उपचारमा संलग्न भएका स्वास्थ्यकर्मीहरु आतंकित हुनु स्वाभाविक थियो ।भित्र स्वास्थ्यकर्मीहरु अव ती व्यक्तिको उपचार कसरी सुरक्षित तवरले गर्ने ? भनेर छलफल गर्दै थिए, यता बाहिर संक्रमितले तातो पानी खान पाएन भनेर समाचार भाईरल भईसकेको थियो ।

भित्रभित्रै स्वास्थ्यकर्मीहरुको मन र आत्मवल पुरै चिसो भईसकेको भने कसैले बुझेनन ।कोही बाहिर संक्रमितले तातोपानी खान नपाएको ईस्युमा स्टन्ट गरिररहेका थिए । तर चिकित्सक र स्वास्थ्यकर्मीहरुका पीडा र अवस्था भने कसैले बुझिरहेका थिएनन । र छैनन ।संक्रमितको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरुले आफ्ना परिवारलाई भेट्न नपाएको कति दिन भयो ? तिनका परिवारजन कस्तो संन्त्रासमा होलान ? यस तर्फ कसैले ध्यान दिएन ।अस्पताल भित्र चिकित्सक र स्वास्थ्यकर्मीहरुको चिन्ता थियो, संक्रमित व्यक्तिलाई कसरी बचाउने ?

दाहसंस्कारमा ‘नो डिस्काउन्ट’

हिजो एक पत्रिकामा सावर्जनीक समाचारले सारा नेपालीको मन छोएको छ । पशुपति आर्यघाटमा भने अन्त्येष्टिमा पनि धनी र गरिब छुटाउने गरेको बिषय अनि सडकमा मृत्यु पछिको लास राखेर आशुँ बगाउनु बाहेक केही थिएन । मान्छे जलाउँदा पनि पैसा अभावले दृेखिएको कठिन परिस्थिती ले सारा नेपालीलाई रुवाउँछ । सरकारले तोकेको रेट तिर्न नसक्ने गरिबलाई दाहसंस्कार गर्ने छुट पनि छैन ।

राष्ट्रपतिदेखि सर्वसाधारण, करोडपतिदेखि सुकुम्बासी कोरोनाको ‘नजरबन्द’मा छन । मान्छेले घुम्न छाडे, काम गर्न छाडे, कतिपयले भोकै पनि छाक टारे । तर, टार्नै नसकिने मृत्युले मान्छेलाई कसरी घुँडा टेकाउँछ, उदहारण देखायो ।

गरिब देश हामी नेपाली धनी देश अनि बनाइएका ठूला ठूला अस्पतालले त ठूला ठूला मान्छेहरुलाई बचाउन नसकेको कोरोनाले हामीलाई बचाउला भन्ने आशा छैन । सुबिधा सम्पन्न देश मा पूर्ण तयारी हुँदा समेत हजारौ लास बन्नु पर्र्यो हाम्रो बिना तयारी समस्या आएपछि अरु सँग हात फैलाउने देशका नागरिक सबै क्षण भरमै लास बन्नु पर्ने समय नलाउला भन्न सकिन्न । त्यस कारण अहिले को अवस्थामा सरकार ले गर्ला भन्दा पनि यो रोगको उचित उपाय घर बाट बाहिर ननिस्कनु नै उचित हुन्छ । आवश्यक परेको बस्तु जोहो गरौं । भोलि बाचिएला भने काम गरौंला ,मिठो खाउँला तर अहिलेको अवस्थामा हामी सुरक्षित बन्नु पर्ने देखिन्छ ।

प्रस्तुती खगेन्द्र घिमिरे । झापाली सञ्चारकर्मी

(Visited 66 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु