लक डाउनमा ‘विश्वास जितेको अनलाइन पत्रकारीता’


पछिल्लो समय नेपालमा अनलाइन पत्रकारिकताको विश्वसनियता घट्दै गइरहेको थियो ।

फेक न्यूजका कारण अनलाइन सञ्चार माध्यमलाई अडियन्सले विश्वास गर्न गाह्रो मानिरहेका थिए ।

तर देश लकडाउनका कारण अडियन्स अनलाइनलाई प्रमुख सञ्चारमाध्यमका रुपमा लिन थालेका छन् ।

लकडाउनका कारण देश ठप्प छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै देश लक डाउन छ ।

औषधी उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन दिइएको छैन ।

अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । चोक बजार वन्द छन् ।

लेखक : प्रकाश पौडेल

यो अवस्थामा झापालगायत देशैभरिवाट प्रकाशित पत्रपत्रिका बन्द छन् ।

जनतालाई घरघरमा पुगेर सूचना प्रवाह गर्ने पत्रपत्रिका बन्द भएपछि अनलाइन सञ्चारमाध्यमको बिश्वस गर्नुको बिकल्प पनि छैन जनतासँग । पत्रपत्रिका बन्द भएपनि रेडियो टेलिभिजन सञ्चालनमा भएपनि अनलाइनलाई सञ्चारको प्रमुख माध्यमको रुपमा लिइएको छ ।

घरमा सामान सकियाे ? ११३७ मा कल गर्नुस् घरमै आउँछ सरकारी गाडी

काठमाडौंको डिल्लीबजारमा मुख्य कार्यालय र मेचीनगर इट्टाभट्टामा शाखा कार्यालय राखेर सञ्चालनमा आएको केटीएम दैनिकको माथिको समाचारलाई पाठकहरुले निकै रुचाएको देखिन्छ । यो पोष्ट तयार गर्ने क्रममा उक्त समाचार १ लाख १५ हजार भन्दा बढी पटक सामाजिक सञ्जालमा शेयर भएको छ ।

ढोका थुनेर बसेका छन् अर्बपतिका हस्पिटलहरु

मेचीनगरको धुलाबारीबाट सञ्चलानमा आएको लोकतन्त्र पोष्ट डटकममा  चैत १५ गते शनिबार बिहान ७ बजे प्रकाशित भएको माथिको समाचारलाई यो पोष्ट तयार पार्ने क्रममा ४० हजार सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गरेका छन् ।

Lock Down नमान्नेलाई राम धुलाई भिडियोमा हेर्नुहोस्

झापाका युवा सञ्चारकर्मी खगेन्द्र घिमिरे सञ्चालन गर्दै आएको अनुसन्धान अनलाइन टिभीमा माथिको भिडियो निकै चर्चित भएको छ । उनको यो भिडियो ३० हजार मानिसहरुले हेरेका छन् ।

मेचीनगरमा ७० शैय्याको क्वारेन्टाईन भोली देखि सञ्चालनमा, कोरोना कोषमा ५० लाख छुट्याइयो

ज्ञानेन्द्र निरौलाले रेडियोसाथी एफएमको अनलाइन पोर्टलमा चैत्र ६ गते बिहिबाको दिन प्रकाशित गरेको माथिको समाचारलाई यो पोष्ट तयार पार्ने क्रममा २ हजार १ सय भन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गरेका छन् ।

सटरभाडा छुट दिने कटुवाल परिवाको घोषणा

हाम्रो खबरपाटीमा चैत १० गते सोमबार प्रकाशित भएको माथिको समाचारलाई यो पोष्ट तयार पार्ने क्रममा १ हजार ५ सय भन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ताले शेयर गरेका छन् ।

नेकपाले गर्यो पूर्वी नाका निरीक्षण

रातोपोष्ट डटकममा प्रकाशित भएको माथिको समाचारले पनि पाठकको मन जितेको छ ।

यी समाचार जस्ले मेचीनगरका अनलाइन प्रती जनताको विश्वाव वढेको छ । हामी अनलाइन सञ्चालकहरुलाइ पनि थप हैसला मिलेको छ । सानो जनशक्ति अनि व्यवासायिक वन्न नसकेका अनलाइनका प्रकाशित समाचारको शेयर थेगिनसक्नु छ । बेला बेला आनलिमिटड स्पेसपनि पाठकलाई थेक्न नसकेर सरभर डनउन हुन थालेको छ । अनलाइ सञ्चार माध्यमलाई देखिएको यो विश्वास हामी सञ्चालकको लागि ठुलो सफलता हो ।

जटिलता थपिएको अब हामी पनि सचेत बनौं :

अनलाइन पत्रकारिताको जति महत्व छ जटिलता पनि त्यतिकै छ । नेपाल जस्तो अशिक्षित र भौगोलिक विकटताका कारण यसको बिस्तार तथा वितरणमा कठिनाइ भने अवश्य नै रहेको छ । अनलाइलनमा स्रोत नखुलाई हतारमा सम्प्रेषण गरिएका सामग्रीहरु हुन्छन् जसले गर्दा आमसञ्चार क्षेत्र उपर सर्वसाधारण जनतामा रहेको विश्वासका साथै नैतिकतामा समेत प्रश्न चिन्ह लाग्न सक्ने स्थिति रहन्छ । अनलाइन पत्रकारहरु केही पाउनासाथ कुनै अनुसन्धान नै नगरी सम्बन्धित व्यक्तिलाई नै नभेटी समाचार सप्रेषणमा दौडिन्छन् । अनलाइन पत्रकारितामा नैतिकता र आचारसंहिताको प्रश्नले महत्व पाउनुका पछाडि यसको प्रकृति पनि उत्तिकै जिम्मेवार छ । किनभने इन्टरनेट साइट खोल्न जोसुकैले पनि पाउने साइट खोल्नासाथ सामग्रीहरु सम्प्रेषण गर्न सकिने र त्यस प्रकारका सामग्रीमा पत्रकारिताको सिद्धान्त पूरा गरेको नदेखिने भएका कारण आचारसंहिताको पक्षमा बेला बेलामा कुरा उठ्ने गरेको छ । अनलाइनमा जो कोहीले सजिलै सामग्री सम्प्रेषण गरिदिने र सबैको सहज पहुँच हुनसक्ने भएकाले पनि अनलाइनको क्षेत्रमा समेत कानुनीस्तरमा नैतिक आचरणको सीमा कोरिनु आवश्यक भएको छ ।

झापामा अनलाइन सञ्चारमाध्यम ः

पूर्वाञ्चल दैनिक बिर्तामोडले रजत बर्ष विशेषाङ्क २०७६ प्रकाशित तथ्याङक अनुसार झापामा ४८ वटा अनलाइन नियमित सञ्चालनमा छन् । संस्करणको रुपमा पनि अनलाइन सञ्चालित छन् । झापाका सबै पत्रपत्रिका एफएम तथा टेलिभिजनको अनलाइन संस्करण छ ।

मेचीनगरवाट ९ वटा अनलाइन सञ्चालनमा छन् ।

मेचीनगरबाट सञ्चालित अनलाइन

१) इमेची डटकम

सम्पादक : निशा ओली/प्रकाशक : प्रकाश पौडेल

२) अनुसन्धान अनलाइन डटकम

सम्पादक : निरोज थापा÷प्रकाशक ः खगिन्द्रप्रसाद घिमिरे

३) हाम्रो खबरपाटी डटकम

सम्पादक : त्रिलोचन गौतम ÷प्रकाशक ः युवराज आचार्य

४) रातो पोस्ट डटकम

सम्पादक: प्रकाशक / दिलिप थापा

५) चौतारी पोस्ट अनलाइन डटकम

सम्पादक/ प्रकाशक : जे.एन. शर्मा

६) रेडियो साथी डटकम

मेचीनगर–६, बाट सञ्चालन भइरहेको रेडियो साथीको अनलाइन संस्करण

७) लोकतन्त्रपोस्ट डटकम

मेचीनगर–१०, धुलावारीबाट प्रकाशित हुने लोकतन्त्र पोस्ट दैनिकको अनलाइन संस्करण

८) जनसंसद डटकम

मेचीनगर–६, काँकरभिट्टाबाट प्रकाशित हुने जनसंसद दैनिकको अनलाइन संस्करण

९) रेडियोसरगम डट ओआरजी डट एनपि

मेचीनगर–१०, धुलावारीबाट सञ्चालित हुने रेडियो सरगमको अनलाइन संस्करण

(Visited 32 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु