चैत १ पछी मेचीनगरमा विदेशबाट २०० जना आए, कसैमा संक्रमण देखिएको छैन (सूचीसहित)



इमेची डटकम । १५ चैत झापा :

मेचीनगर नगरपालिका क्षेत्रमा चैत १ गतेदेखि अहिलेसम्म विदेशबाट २ सय १ जना व्यक्तिहरु आएका छन् ।

मेचीनगर नगरपालिकाले सार्वजनिक गरेको तथ्यांकमा १ सय ७४ जना पुरुष र २७ जना महिला विदेशबाट फर्कि आएका छन् ।

आएका धेरैजसो छिमेकी राष्ट्र भारतबाट छन् भने २ जना व्यक्तिहरु अमेरिकाबाट आएका छन् । बैदेशिक रोजगारीको शिलशिलामा भारतबाहेक अन्य देशहरुबाट आएका व्यक्तिहरुको विवरण समेत त्यहाँ समावेश गरिएको छ ।

विदेशबाट मेचीनगरमा नगरपालिकामा आएका कसैमा पनि अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन । कोरोनाको संक्रमण देखिन कम्तिमा पनि १४ दिन लाग्ने हुनाले ती सबै व्यक्तिहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न नगरपालिकाले अनुरोध समेत गरेको छ ।

माथि उल्लेखित विवरणमा कोहि विदेशबाट फर्की आएका व्यक्तिहरु छुटेको भए भएमा वडा कार्यलयमा/टोलविकास संस्थाहरुलाई जानकारी गराउन समेत नगरवासिमा अनुरोध छ ।

नोट : माथि उल्लेखित सूची नगरपालिकाले सार्वजनिक गरेको हो । त्यसमा हामीले व्यक्तिको फोन नम्बर लगायतका अन्य विवरणहरु हटाएका छौं ।

(Visited 6 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु