लकडाउनको दोस्रो दिन झापामा २ महिलाद्धारा आत्महत्या


इमेची डटकम । १३ चैत झापा :

सरकारले लक डाउन गरेको दोस्रो दिन झापा कनकाई नगरपालिकामा २ महिलाले झुण्डिएर आत्महत्या गरेका छन ।

कनकाई नगरपालिका १ की एक मगर थरकी महिला र कनकाई नगरपालिका २ की सन्थाल थरकी महिलाले घरमा आत्महत्या गरेको पत्रकार मनोज बस्नेतले जानकारी दिनुभएको छ ।

मगर थरकी महिलाको श्रीमान ट्याक्टर चालक र सन्थाल थरकी महिला जनमन गरि आफ्नो दैनिकी चलाउँदै आएको समेत बस्नेतले बताउँनुभयो ।

यता मान्छे मरेको घरमा छिमेकी र आफन्तको वाक्लो उपस्थितिका कारण कोरोना त्रास थपिएको स्थानीयले बताएका छन ।

मृत्युको कारण गरिवी हो वा अन्य भन्ने खुल्न सकेको छैन ।

(Visited 29 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु