मेची पुलमा ४ सय भन्दा यात्रुहरु अलपत्र (भिडियोसहित)




ईमेची डटकम । १० चैत झापा :

नेपालको पूर्वी सीमाना मेची पुलका ४ सय भन्दा बढी यात्रुहरु अलपत्र परेका छन् ।

सरकारले सोमबारबाट लागू हुनेगरी भारत र चीनसँग जोडिएको सबै सिमा नाका बन्द गर्ने निर्णय गरेको गरेसँगै नेपाल आउन भारतबाट आएका ४ सय भन्दा बढी यात्रुहरु अलपत्र परेका हुन् ।

हामीले पूर्वी नाका काँकडभिट्टाको अवस्था के छ भने बिहानै देखि हाम्रो फेसबुक पेज Ktm Dainik मा लाइभ गरिरहेका छौं । उक्त लाइभमा बोल्दै अलपत्रका परेका एक यात्रु भन्छन् । सरकारले २५ जना भन्दा बढी भेला नहुन भनेको छ तर यहाँ ४ सय भन्दा बढी यात्रूहरु अलपत्र परेका छन् । सबै एकैठाउँमा छन् । कोही गर्भवती महिलाहरु छन् भने त कोही बालबालिका र वृद्धहरु छन् । सरकारले छिटै नै हामीलाई हाम्रो गन्तव्यमा पुग्न सहयोग गरोस् नत्र यही भिडबाट हामीलाई कोरोनाको संक्रमण हुने डर छ ।

त्यतिमात्र होइन नेपालबाट मजदुरी लगायत अन्य कामको लागि भारत जान लागेको करिव ३ सय हाराहारीमा रहेका मानिसहरु पनि काँकडभिट्टामा अलपत्र परेको अवस्था छ ।

तलको भिडियोमा हेर्नुहोस पूर्वी नाका काँकडभिट्टामा अलपत्र परेका यात्रु

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु

    Loading...