आर्मी हुँ भन्दै लाखौँ ठगी एक जना काँकरभिट्टाबाट पक्राउ




काठमाडौं । म आर्मि हु, ब्यारेकमा मेसको काम गर्छु, मेसमा किनेको सामानहरु विक्री गर्नु छ, म सामान सस्तोमा दिन्छु भन्दै झापाका किराना पसलेहरुलाई प्रलोभनमा पारी ठगी गर्ने एक जना पक्राउ परेका छन् । झापा भद्रपुर नगरपालिका वडा नं. १४ बस्ने वर्ष ४६ को राज कुमार राउत काँकरभिट्टाबाट पक्राउ परेका हुन ।

झापा मेचीनगर नगरपालिका वडा नं. १२ चारआलीमा सुम्निमा पारुहाङ्ग किराना पसल संचालन गरी बस्ने डाक बहादुर राईलाई म आर्मि हो तपाईलाई चाहिने सामान सस्तो मुल्यमा उपलब्ध गराई दिन्छु, गाडी चारआली आर्मि ब्यारेकमा पठाई दिनु म गेट छेउमा हुन्छु भनि विश्चवास दिलाई ठगी गरेका थिए ।

राईले गाडी र पैसा एक लाख दुई हजार पठाएकोमा राउतले बाटोमानै गाडी चालक ख्याम कुमार अधिकारीलाई भेटि नगद लिई तपाई गाडि लिएर आर्मि ब्यारेक गेटमा आउनु भनी पैसा लिई भागेका थिए । राउतले आफ्नो नाम समेत ढाटि फरक फरक सिम कार्ड प्रयोग गरी ठगी गर्ने गरेका थिए ।

उनले झापाको चन्द्रगढी, चारआली,धुलावारी,बिर्तामोड, मोरङ्गको उर्लावारी, बिराटनगर र सुनसरीको धरान, ईटहरी, गोर्खा, काभ्रे लगायतका दर्जनौ स्थानहरुमा किराना पसलहरुलाई आर्मीको व्यारेकमा बचेको सामान सस्तोमा दिने भन्दै सयौ मानिसहरुलाई झुक्काई लाखौ रकम ठगी गरी भाग्ने गरेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु

    Loading...