दुई दिनमा तीन लाख जनाले उपत्यका छाडे


काठमाडौं । कोरोना भाइरसको त्रासले दुई दिनमा करिब तीन लाख सर्वसारधाण उपत्यकाबाट बाहिरिएका छन् । बुधबार र बिहीबार गरी करिब ३ लाखभन्दा बढीले उपत्यका छाडेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । सर्वसाधारण अत्तालिएर गाउँ फर्कन लागेपछि गाडीको टिकट समेत पाउन मुस्किल भएको छ ।

नेपालगञ्ज जान लागेकी शान्ति आचार्यले टिकट नपाएको गुनासो गरिन् । सरकारले स्कुल, कलेज, विश्वविद्यालय समेत बिदा दिएसँगै भाइरसको त्रासले सर्वसाधारण छिटो गाउँ फर्कन चाहेको देखिन्छ । स्कुल, कलेज बिदासँगै सर्वसाधारण घर फर्कन चाहने भएकाले सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक यातायातका साधनमा रुट परमिट पनि खुला गरिसकेको छ ।

घर फर्कने यात्रुको संख्या बढेसँगै नयाँ बसपार्क, कलंकी, बसपार्क लगायतका स्थानमा यात्रुको चाप बढेको छ ।

सुरक्षामा ध्यान नदिइएको गुनासो

बसपार्कहरूमा घर फर्कने सर्वसाधारणको बाक्लो उपस्थिति बढे पनि सुरक्षामा पनि ध्यान नदिइएको गुनासो व्यवसायीले गरेका छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुको चाप बढे पनि सरकारले टिकट काउन्टरको सुरक्षामा ध्यान नदिएको बताए ।

उनले ड्राइभरहरूले मास्कसमेत नपाएको गुनासो उनले गरे । मास्क पनि नपाउने गरेको र उच्च मूल्य पर्ने गरेको व्यवसायीले गुनासो गरे । टिकट काउन्टरमा सरकारले ‘हेल्प डेक्स’ आजसम्म नराखेको सिटौलाले बताए ।

उनले एकै पटक सर्वसाधारण फर्कन खोजेकाले टिकटमा केही समस्या देखिएको बताए । “टिकट आज नपाए भोलि पाइन्छ, भोलि नपाए पर्सि” उनले भने “चाडपर्व होइन आजै पुग्नुपर्ने, धैर्य गरौं ।”

(Visited 5 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु