कोरोना नेपाल नभित्रियोस् भन्दै पूजापाठ


बैतडी, ६ चैत।

कोरोना भाइरस नेपाल नभित्रियोस् भन्दै बैतडीमा बिभिन्न देविदेवताका मन्दिरहरुमा विशेष पूजापाठ सुरु गरिएको छ।

भारतसँग खुल्ला सिमाना रहेको नेपालका अधिकांश भेगमा दुबै देशका नागरिकहरुको खुल्ला अवागमन भइरहेकाले मनोवैज्ञानिक असर कम गर्न पूजापाठ सुरु गरिएको हो।

दशरथचन्द नगरपालिका वडा न. १ मा अवस्थित निङ्गलाशैनिको मन्दिरमा निंगलाशैनि धार्मिक सेवा समितिले बलिसहित बिशेष पूजाआज गरिरहेको मुखिया सिद्धराज भट्टले बताए।

त्यसैगरी सुर्नया गाँउपालिका वडा न. १मा रहेको हटैराज र श्रीकेदार मन्दीरमा अविशेकसहित विषेश पूजाआजा सुरु गरिएको वडा अध्यक्ष गजेन्द्र बहादुर चन्दले बताए।

कोरोना भाइरस बिरुद्ध खोप नबनेको बर्तमान अवस्थामा पूजापाठका माध्यमबाट मनोबैज्ञानिक असर न्यून हुने निङ्गलाशैनि मन्दिरका मुखिया मानबहादुर बोहराले बताए।

(Visited 11 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु