उद्योग वाणिज्य महासंघको चुनाव एक महिना सर्ने


इमेची डटकम । ६ चैत काठमाडौं :

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा पनि सर्ने भएको छ । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीमा महासंघको साधारण सभा गर्न उपयुक्त नहुने भन्दै एक महिना पछिका लागि साधारण सभा सार्ने तयारी भएको हो ।

अध्यक्ष भवानी राणाले आज दिउँसो बस्ने पदाधिकारी बैठकमा एक महिना पछि साधारण सभा गर्न प्रस्ताव आफूले गर्ने बताइन् ।

यो परिस्थितिमा महासंघको साधारण सभा गर्न उपयुक्त नहुने र राम्रो पनि नदेखिने उनले बताइन् ।

उनले भनिन्, “आज पदाधिकारीको बैठक बस्दैछ, एक महिना पछि गर्ने गरी साधारण सभा सार्ने प्रस्ताव गर्दैछु ।”

महासंघको साधारण सभा यही चैत २८ र २९ गतेका लागि तोकिएको थियो ।

महासंघको ५४औं वार्षिक साधारण सभामा चुनाव पनि हुने भएकाले उद्योगी व्यवसायीले महत्वपूर्ण रुपमा लिएका थिए ।

अध्यक्ष राणाले आगामी अध्यक्ष शेखर गोल्छासँग पनि छलफल भइसकेको र सोहीअनुसार एक महिना साधारण सभा सर्ने बताइन् । पदाधिकारीको बैठक दिउँसो दुई बजे बस्दैछ ।

(Visited 16 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु