एजेन्सी चैत ६, २०७६ | बिहीबार | काठमाडौं

कोरोना भाइरसका कारण अत्यन्त प्रभावित युरोपेली मुलुक इटालीमा चिकित्सकहरु नै चिन्तित बन्न थालेका छन्। विरामीहरुको उपचार गर्ने चिकित्सकहरु नै आफ्नो स्वास्थ्यप्रति चिन्तित बन्नुपर्ने बाध्यता आएपछि इटालीको स्थिति भयावह बन्न थालेको हो।

कोरोना भाइरससँग जुधिरहेका विरामीको उपचारमा संलग्न चिकित्सकहरु प्रत्येक दिन सयांैको संख्यामा बढेका विरामीकारण थप चिन्तामा परेका हुन्। अस्पतालमा बेड अपुग हुन थालेपछि उपचारमा संलग्न चिकित्सकहरु कस्ताबिरामीलाई प्राथमिकता दिने भन्ने दुविधामा परेका छन्।

इटालीको उत्तरी क्षेत्र लोम्बार्डियाको एक अस्पतालका चिकित्सक क्रिश्चियन सेलेरोलीले एक स्थानीय पत्रिकामा भनेका छन्– ‘यदि ८० देखि ९५ वर्ष उमेरका व्यक्तिलाई बढी समस्या देखियो भने उपचार गर्न आवश्यक छैन।’

उनले भने– ‘यो धेरै खतरनाक शव्द हो, तर हामीले केही चमत्कार गर्ने सक्दैनौ। ३० वर्षको अनुभव भएका नर्ससमेत यो महामारीबाट डराइरहेका छन्।’

(Visited 7 times, 1 visits today)

Leave a comment

Your email address will not be published. Required fields are marked *