प्रचण्डद्वारा दैनिक भेटघाट अनिश्चितकालका लागि स्थगित



काठमाडौं ६ चैत ।
सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आजदेखि दैनिक भेटघाट अनिश्चितकालका लागि स्थगित गर्नुभएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड- १९) को कारण प्रचण्डले आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाट रोक्नुभएको हो ।

अध्यक्ष प्रचण्डलाई भेट्न दैनिक ठूलो संख्यामा नेकपाका नेता, कार्यकर्ता र सर्वसाधारण उहाँको निवास पुग्ने गरेका छन् । तर, आजदेखि भने अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको प्रचण्डको निजी सचिवालय प्रमुख समेत रहेकी उहाँकै छोरी गंगा दाहालले जानकारी दिनुभएको छ ।

(Visited 13 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु