एसईई परीक्षा स्थगित

५ चैत, काठमाडौं ।
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।
एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।
एसइईमा यस वर्ष चार लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् । कक्षा नौमा चार लाख ९७ हजार सात सय विद्यार्थीले एसइईको रजिस्ट्रेसन भरेका थिए । फारम भर्ने नियमिततर्फ चार लाख ६५ हजार आठ सय ३८ छन् । ग्रेड वृद्धिका लागि १६ हजार तीन सय ८१ विद्यार्थीले फारम भरेका छन् । सी र सीभन्दा कम ग्रेड ल्याउनेले मात्र आंशिक परीक्षा दिन पाउने व्यवस्था भएपछि आंशिकतर्फ परीक्षार्थीको संख्या कम भएको हो ।
(Visited 6 times, 1 visits today)
प्रतिकृया दिनुहोस्