नेपालसंग सिमा जोडिएको पंश्चिम बंगालमा पनि कोरोना संक्रमित भेटियो


५ चैत । झापा

पुर्वी नेपालसंग सिमाना जोडिएको भारतको पश्चिम बंगाल राज्यमा समेत कोरोना भाइरस संक्रमित भेटिएको छ । पश्चिम बंगालको राजधानी शहर कोलकाताका एक जना ब्यक्तिमा कोरोना संक्रमित भएको पुष्टी भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन ।

बेलायतबाट फर्किएका ती ब्यक्तिको स्वास्थ्य परिक्षण गर्दा कोभिड १९ को संक्रमण भएको पुष्टी भएको छ । १८ बर्षिय ति युवाको आमा बुवा र चालकलाई समेत आइशोलेशनमा राखेर उपचार शुरु गरिएको छ ।

यसै बिच भारतमा कोरोनाबाट मृ त्यु हुनेको संख्या ३ पुगेको छ भने कोरोना संक्रमितको संख्या १४० पुगेको भारतिय सञ्चारमाध्यमले जनाएका छन ।

कोरोनाभाइरसको आशंकामा पाँचजना विदेशी नागरिकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भर्ना गरिएको छ।

भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेका र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए।

उनका अनुसार पाँचै जना अमेरिका र स्कटल्याण्डका नागरिक हुन्। उनीहरूलाई सोमबार भर्ना गरिएको थियो।

कोरोना आशंकामा पाँच विदेशी टेकु अस्पतालमा भर्ना, एक आइसियूमा

एकजनालाई भने गम्भीर निमोनिया देखिएपछि सोमबार नै आइसियूमा राखेर उपचार गरिएको भण्डारीले बताए।

‘उहाँको अवस्था अलिक जटिल देखिएपछि आइसियूमा भर्ना गर्यौं’ उनले भने, ‘तर उहाँको परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ। फेरि दोस्रो परीक्षण गर्ने तयारी गर्दैछौं।’

आइसियूमा रहेका उक्त व्यक्तिको अवस्थामा राम्रो सुधार आएको भन्दै उनले आजै आइसियूबाट बाहिर निकाल्ने तयारी गरेको बताए।

उनले सबैको आज बेलुकासम्म परीक्षणको नतिजा आइसक्ने जनाए।

टेकु अस्पतालमा पाँच वटा मात्र आइसोलेसन बेड रहेकोमा सबै भरिएका छन्। यो बेला थप शंका स्पद बिरामी आए पाटन अस्पतालमा पठाइने निर्देशक भण्डारीले बताए।

पाटनमा पनि सातवटा मात्र आइसोलेसन बेड छ। पाटनमा बिरामी भरिए अस्पतालले सशस्त्र अस्पतालमा पठाउँछ।

(Visited 15 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु