विदेशबाट आउने नेपाली दिनमै एक हजार बढेपछि सरकारले प्रवेशमै लगायो रोक


ताजा समाचार , ५ चैत काठमाडाैं ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस(कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समुन्वयन समितिले चैत ७ देखि युरोपीय मुलुक,खाडी,दक्षिण कोरिया,जापान,टर्की,मलेसियाबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने यात्रुलाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ।

यो निर्णले भारतको नयाँ दिल्ली,हङकङ,सिंगापुर,थाइल्यान्ड र चीनको ग्वाङजाउमात्र तेस्रो विश्वसँग जोड्ने बिन्दु बाँकी राखेको छ।

यसबाट नेपाल आउन चाहने नेपाली तथा विदेशीलाई पनि कठिन बनाउने निश्चित छ।

यो निर्णयमा पुग्नुअघि आएको एउटा तथ्यांकबाट सरकार त्रसित बनेको थियो। गएको २ दिनमा नेपाल आउने नेपालीको संख्या १ हजारले बढेको थियो।

अध्यागनम विभागले दिएको जानकारीअनुसार चैत ३ गते जम्मा २२ सय यात्रु नेपाल प्रवेश गरेका थिए। जसमा १९ सय नेपाली थिए भने ३ सय विदेशी थिए। जुन पछिल्लो दिन अर्थात् ४ गते २९ सय नेपाली स्वदेश फर्किए भने १६० जना विदेशी भित्रिए।

विशेषगरी खाडी क्षेत्रका मुलुक तथा नेपालीको मुख्य श्रम बजार रहेका ठाउँमा यात्रामा रोक लगाएको र संक्रमणको त्रासमा नेपालीहरु धमाधम आएको सरकारी निकायको बुझाइ थियो।

एक्कासी स्वदेश फर्किनेहरुको संख्या बढेपछि सरकारले त्यसको व्यवस्थापन कठिन हुने निष्कर्ष निकालेको थियो।

‘एकैदिनमा हजारको दरले बढ्दै जाँदा नियन्त्रण र व्यवस्थापनमै चुनौति हुने देखियो। स्वास्थ्य मन्त्रालयलेको प्रतिक्रिया पनि तत्काल त्यत्रो संख्याको मनिटरिङ गर्नसक्ने क्षमता नभएको भन्ने खालको आयो’ अन्तरसरकारी समुन्वय समितिमा रहेर काम गरिरहेका एक उच्च अधिकारीले भने।

(Visited 30 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु