कोरोनाको आशङ्का गरिएको नौ बिरामीमा कोरोना भाइरस नभएको पुष्टि


लहान, ४ चैत —केही दिन अघि भारतबाट फर्केका सिरहा नगरपालिका —१० नरहैयाका नौ बिरामीमा कोरोना नभएको पुष्टि भएको छ ।

सोमबार साँझ कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो ।

पठाएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए। कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ–आफ्नो घर फर्किएको प्रमुख यादवले बताए।

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना सङ्क्रमणको आशङ्कामा स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्सबाट जनकपुर पठाएको थियो।

(Visited 10 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु