झापा नेशनलद्धारा निशुल्क माक्स वितरण


इटाभट्टा । नोवेल कोरोना भाईरसको त्रास फैलिदै गएपछि मेचीनगर ७ स्थित झापा नेशनल बोर्डिङ स्कुलले मंगलबार निशुल्क रुपमा माक्स वितरण गरेको छ ।

होलि पर्वको अवसरमा विद्यालयले इटाभट्टामा एक कार्यक्रम आयोजना गरेर माक्स वितरण गरेको हो । विद्यालयका प्रिन्सिपल कमल भेट्वालले प्याव्सन मेचीनगर अध्यक्ष डम्वर रुचाललाई मार्स हस्तान्तरण गरेर माक्स वितरण कार्यक्रमको उद्धघाटन् गरेका थिए ।

कोरोना भाईरसको त्रास बढ्दै गएपछि विद्यालयले आफ्नै लगानीमा उक्त माक्स निर्माण गरेर वितरण गरेको विद्यालयका प्रिन्सिपल भेटवालले बताए । सो अवसरमा विद्यार्थी तथा विभिन्न क्षेत्रबाट सहभागि बनेका करिव ६सय जनालाई माक्स वितरण गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा ईप्रका काँकरभिट्टाका डिएसपी राजेन्द्र पोखरेल , ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका प्रहरी उपरीक्षक कालिदास रेग्मी तथा विद्यालयका शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

(Visited 65 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु