एभरेष्ट भ्यू अंग्रेजी माविको रजत महोत्सव


इटाभट्टा । एभरेष्ट भ्यू अङ्ग्रेजी माविले शुक्रबार विभिन्न कार्यक्रमका साथ रजत महोत्सव मनाएको छ ।

मेचीनगर–८ स्थित विद्यालय परिषरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामुहिक नृत्य, राईम्स, फेसन सो, कविता तथा चेतना मुलक नाटक प्रस्तुत गरेर रजत महोत्सव मनाएको हो ।

प्याब्सन मेचीनगर अध्यक्ष डम्वर रुचालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेचीनगर कार्यपालिका सदस्य टिका मंग्राती, मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकी, व्यवस्थापक दिपक काफ्ले, नेपाल अपाङ्ग संघका केन्द्रीय सदस्य धर्मराज घिमिरे, युवा व्यवसायी गोविन्द पोखरेल, दोकानडाँडा बोर्डिङ स्कुलका प्रिन्सिल नेत्र खतिवडा लगायतले बोलेका थिए ।

विद्यालयका प्रिन्सिपल बिनोद बुढाथोकीले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा लाग्ने कुरामा जोड दिएका थिए ।

सांस्कृतिक कार्यक्रममा विद्यार्थी प्रेरणा श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यार्थीहरु अनुजा गिरी, रोहन बास्तोला, राहुल चौधरी, आस्था गिरी, संगम राई, जुनु पोखरेल लगायतले गरेका थिए । कार्यक्रममा उत्कृष्ट प्रतियोगिहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा एउटा मात्र खुट्टाले नाच्न सफल कलाकार निलम ढुङ्गानाले रोचक नृत्य प्रस्तुत गरेकी थिइन् ।

विद्यालयका प्रिन्सिपल बिनोद बुढाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक पे्रम पौडेलले गरेका थिए ।

(Visited 11 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु