मेचीनगरलाई प्रेसको हब बनाउने बिकास देबकोटाको लक्ष्य


अञ्जनकुमार मिश्र

मेचीनगर । स्वदेशमा नै केही गर्नु पर्छ भन्ने उद्देश्यले २०६५ सालबाट मेचीनगर–६ काँकरभिट्टामा पाथीभरा प्रिन्टिङ्ग प्रेस खोली ब्यवसायिक रुपमा सक्रिय रहेका छन् मेचीनगर–८ का ३४ वर्षे विकाश देवकोटा । आफुले जानेको सीपलाई सदुपयोग गर्दै मेचीनगरमा प्रिन्टिङ्ग व्यवसायिक यात्रामा सक्रिय छन, देवकोटा ।
काँकरभिट्टाको मिलन टोलमा प्रिन्टिङ्ग व्यवसाय सञ्चालन गर्दै आएका देवकोटाले मेचिनगरमै पहिलोपटक २०७३ सालमा १७ लाखको लगानीमा डिजिटल प्रविधिको अत्याधुनिक फ्ल्याक्स अफसेट मेसिन भित्र्याएका उनले हालै मात्र बाहुनडाँगी रोडमा अफसेट मेसिन पनि सञ्चालनमा ल्याएका छन् । उनीले भारत जानु पर्ने सेवाग्राहिलाई आफ्नै ठाउँमा सेवा दिन मेसिन भित्र्याएको बताए ।

रोजगार खोज्दै विदेश जाने तथा जान तत्पर युवाहरुलाई स्वदेशमा नै गरे सम्भव छ भन्ने उदाहरण बनेका छन् देवकोटा । उनि आफु सँगै ७ जना युवाहरुलाई प्रत्यक्ष रोजगार दिईरहेका छन् । देवकोटा व्यवसायका मालिक भए पनि साथी सरह सबै सँग हातेमालो गर्दै कर्मचारीहरुको मन जित्न सफल रहेको कम्यूटर प्राविधिक गोपाल दाहाले खबरमञ्च साप्ताहिकलाई वताए  ।


पाथीभरा अफसेट सञ्चालक देवकोटाले अहिले सम्म प्रेसमा ४० लाख लगानी गरिसकेका छन् । व्यवसायबाट बार्षिक करिब २० लाख आम्दानी हुने र कर्मचारी तलब र कोठा भाडामा १३ लाख बराबर खर्च हुने देवकोटालाई व्यवसायमा साथ दिदै आएकी उनकी श्रीमती देवीका देवकोटा बताउँछिन् ।

अफसेट सञ्चालन गर्नु अघि स्थानीय जनसंसद दैनिकमा वितरक हुदैं बजार व्यवस्थापकको जिम्मेवारी सम्हाली सकेका उनि बिन्ती बचत तथा ऋण सहकारीका कार्य समिति सदस्य, प्रतिभा युवा परिवार मेचीनगरका बिशेष समिति सहसंयोजक बाल जागृत अनाथ आश्रमका सचिव, चौतारी पोस्ट अनलाइनका व्यवस्थापकलगायत मेचीनगरको सामाजिक संघ सस्थामा आबद्ध छन् ।

‘देवकोटा मेहेनती साथै सामाजिक कार्यमा पनि सक्रिय रहेको लायन्स क्लव अफ मेचीनगरका अध्यक्ष शंकर थापा बताउँछन् । उनले प्रेस सम्वन्धी सम्पूर्ण कार्यका साथै अफसेटमा डिजाइन, अफसेट प्रिन्ट, डिजिटल प्रिन्ट, मल्टी कलर प्रिन्ट, फ्लेक्स प्रिन्ट, होडिङ बोर्ड, स्ट्याम्प, परिचय पत्र, बुक बाइन्डिङलगायत सुविधा उपलब्ध गराउँदै आएका छन् ।

यहाँ झापा संगै आसपासका जिल्लाहरुबाट पनि सेवा लिन विभिन्न संघसंस्था र सेवाग्राहीले सेवा लिने गरेको सञ्चालक देवकोटा बताउँछन् । यसरी नै सबैको साथ सहयोग रहे मेचिनगरमा फोर कलर मेसिन र मेचीनगरलाई प्रेसको हब बनाउने उनको लक्ष्य रहेकोे बताए ।

(Visited 19 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु