सेन्ट पल्सको वार्षिकोत्सबमा विविध कार्यक्रम


चारआली । मेचीनगर १३ चारआलीमा अवस्थित सेन्ट पल्स इङ्गलिस स्कुलको आयोजनामा बिबिध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयले हरेक बर्ष आयोजना गर्दै आएकको नियमित कार्यक्रम अनुसार यस बर्षको कार्यक्रम आयोजना गरेको हो ।

बिद्यालयको प्राङ्गणमा आयोजना भएको कार्यक्रममा बिद्यार्थीहरुले बरुआयमिक प्रतिभा देखाएका थिए । बिद्यालयका सबै बिद्यार्थीलाई लक्षित गरी आयोजना गरेको कार्यक्रममा बिद्यार्थीहरु सहभागिता जनाएका हुन ।

जसमा बल रेस,बिस्कुट रेस,भाले जुधाई,सियो धागो उन्ने प्रतियोगिता,सुन्तला स्लो साथै नृत्य तथा गायन प्रस्तुत गरेका छन् । यसै गरी अभिभावक लक्षित कार्यक्रम समेत संचालन गरेको छ । साथै बिद्यार्थीले आफै निमार्ण गरेका बिज्ञान प्रबिधिका सामानहरु प्रदशनीमा राखिएको थियो ।

मेचीनगर नगरपालिका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यकम्रममा बोल्ने बक्ताहरुले बिद्यालयले बिद्यार्थीलाई शिक्षा सँगै अतिरिक्त ज्ञान प्रदान गर्न प्रेरणा प्रदान गरेको भन्दै शुभकामना दिनु भयो । कार्यक्रममा मेचीनगर नगरपालिका वडा न १३ का वडाध्यक्ष कृष्ण राज सिग्देल,प्यावसन मेचीनगर अध्यक्ष डम्वर रुचाल लगायतले बोल्नु भएको थियो ।

बिद्यालय संचालक, प्रिन्सिपल अजय आले९मगर०को सभापतित्वमा ,समिक्ष राईको स्वागत तथा पवित्रा कार्कीले संचालन गरेको कार्यक्रममा बिद्यालयले गरेका बार्षिक गतिबिधीको बिषयमा शिला ढुङ्गले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा यामकान्त पौडेल,सविना बजगाईं,राम प्रसाद राईं, क्रषि राजबंशी,नरबहादुर भट्टराई, सुर्दशन भट्टराई,नर्र्वु लामा लगायतको आतिथ्यता रहेको थियो ।

(Visited 15 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु