आसाम डाउन टाउन र जनमैत्री कलेजबीच भगिनी साइनो गाँसियाे


काँकरभिट्टा । भारतस्थित आसाम डाउन टाउन युनिभर्सिटी र नेपालको जनमैत्री कलेज काठमाडौं र बीच भगिनी सम्बन्ध गाँसिएको छ ।

शुक्रबार आसामको राजधानी गुहाटीमा एक कार्यक्रमकाबीच आसाम डाउन टाउन युनिभर्सिटी र जनमैत्री कलेज काठमाडौंबीच भगिनी सम्बन्ध गाँसिएको हो । आसाम डाउन टाउन युनिभर्सिटीका व्यवस्थापन प्रमुख जौतिस दत्त र जनमैत्री कलेज काठमाडौंका क्याम्पस प्रमुख भोलानाथ ओझाले भगिनी सम्बन्ध पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा दुवै देशका विद्यार्थीहरुको आपसी सहयोग, सहकार्य गरी गुणस्तरीय शिक्षाको विकास र उच्च शिक्षा हासिल गर्न ठाउँको व्यवस्थापन गर्नु पर्ने उल्लेख छ । रोजगारीका लागि होस् वा उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरुले रुचाएको विषयमा ध्यान केन्द्रीत गर्ने उद्देश्य सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

युनिभर्सिटीका दत्त र जनमैत्रीका ओझाबीच सम्झोता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रको साक्षीका रुपमा जनमैत्री कलेजका सहायक क्याम्पस प्रमुख माधव खनाल, व्यवस्थापन विभागका प्रमुख दानबहादुर पल्ली, अङ्ग्रेजी विभाग प्रमुख टिकाराज सुवेदी, आइटी विभाग प्रमुख भीष्म पौडेल र डाउन टाउनका नेपाल प्रतिनिधि शङ्कर भट्टराई छन् ।

काठमाडौंको कुलेश्वारमा कलेज रहेको जनमैत्रीले गत पुसमा गुणस्तर सुनिश्चितता प्रत्ययन ९क्युएए० प्राप्त गरेको छ । क्युएए प्राप्त गरेको कलेजले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले आसामको युनिभर्सिटीसँग सम्बन्ध गाँसिएको क्याम्पस प्रमुख ओझाले जानकारी दिए ।

पब्लिक क्याम्पस सङ्घका निवर्तमान केन्द्रीय अध्यक्षसमेत रहेका शिक्षासेवी ओझाले नेपालको शिक्षालाई गुणात्मक फड्को मार्नेगरी विद्यार्थीहरुको हितका लागि उक्त युनिभर्सिटीसँग सम्बन्ध स्थापित गरेको दाबी गरे ।

सोमबार काँकरभिट्टामा आसाम डाउन टाउन युनिभर्सिटीका नेपाल प्रतिनिधि शङ्कर भट्टराईले पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल र भारतबीचको सहकार्यमा विद्यार्थीलाई उच्च शिक्षा कसरी हासिल गर्न सकिन्छ भन्ने उद्देश्यका साथ जनमैत्री कलेजसँगको युगौंसम्मको सम्बन्ध स्थापित गर्न मितेरी साइनो गाँसिएको बताए ।

२०५३ सालदेखि स्थापित उक्त कलेजमा एक हजार ५ सय विद्यार्थी छन् । २०७२ सालको भूकम्पमा थला परेको विद्यालयले अहिले तङ्ग्रिदै क्युएए प्राप्त गर्न सफल भएको छ । वल्र्ड बैङ्कले विश्व विद्यालय अनुदान आयोग ९युएसजी० को सहकार्यमा क्युएएको स्वीकृति दिने गरेको छ ।

झापामा पनि क्युएएले यसअघि दमक क्याम्पसलाई स्वीकृति दिइसकेको छ । मेची बहुमुखी क्याम्पसको अनुगमन भइसकेको छ भने त्रिदेव र सुरुङ्गा क्याम्पसको अनुगमन सुरु भएको छ । सुरुङ्गा क्याम्पस भन्दा पहिला त्रिदेव क्याम्पसले क्युएए पाउने सम्भावना बढी छ ।

युएसजीले क्युएए प्राप्त भएका क्याम्पसको आर्थिक, शैक्षिक, प्रशासनिक, भौतिक लगायतका विषयमा सहयोग गर्छ । आयोगले सामान्य शिक्षाका लागि १ करोड दिनेको छ भने क्युएए प्राप्त विद्यालयलाई ५ वर्षभित्र कम्तीमा ३ करोड रुपैयाँ दिने गरेको छ ।

 

क्युएए प्राप्त विद्यालयबाट ग्रेजुएट गरेका एकजना विद्यार्थी बराबर ८० हजार सम्बन्धित विद्यालयलाई दिने गरेको छ । ३६ वटा क्याम्पस मध्ये ३० वटा क्याम्पसहरु क्युएए प्राप्त छन् । पब्लिक क्याम्पस सङ्घका अध्यक्षसमेत रहिसकेका ओझाले पब्लिक क्याम्पसलाई सरकारले लगानी गर्न डराएको बताए ।

२०३७ सालमा स्थापित पब्लिक क्याम्पस देशभरि ५३२ वटा छन् । मनाङ जिल्लाबाहेक सबैतिर पब्लिक क्याम्पस रहेको उनले जानकारी दिए । विगतदेखि नै पब्लिक क्याम्पसलाई सरकारले प्राथमिकता निदिएको ओझाले गुनासो गरे । ‘विगतमा पब्लिक क्याम्पस सम्बन्धी शिक्षा ऐन बनाएको थिएन’, ओझाले भने, ‘भर्खर कानुनको मस्यौदा बनाउन सुरु भएको छ ।’

उनका अनुसार सरकारले प्राविधिक विषयमा ७० प्रतिशत र साधारण शिक्षामा ३० प्रतिशत लगानी गर्ने लक्ष्य छ । तर, हालको शिक्षाको अवस्था ९० प्रतिशत साधारण शिक्षा र प्राविधिक विषयमा १० प्रतिशत लगानी रहेको उनले जानकारी दिए ।

(Visited 19 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु