देशभरिका युवाहरुको समर्थन मलाई छ– अशोक शंकर अध्यक्ष पदका उम्मेद्वार नेपाल जेसीज


काठमाडौं । यहि पुस ९ देखि १३ गतेसम्म चितवनको रत्ननगरमा हुने नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्षको उम्मेद्वार अशोक शंकरको पक्षमा समर्थन वद्दै गएको छ । उनलाई जिताउन देशैभरि छलफल, बैठक, भेला र भेटघाट हुन थालेका छन् । अशोकको पक्षमा एकाएक माहौल खडा भएको जेसीज अगुवाहरुको भनाइ छ ।

लामो समयदेखि जेसीज अभियानमा सक्रिय रहेका युवा समाजसेवी तथा उद्यमी व्यवसायी अशोक शंकरको पक्षमा देशव्यापी जनलहर सृजना भएको हो । समाजसेवी अशोकलाई नेपाल जेसीजको अध्यक्ष जस्तो गहन पदमा निर्वाचित गराउन जेसीजकर्मीहरुको जनलहर उर्लदै गएको छ ।

पथरी जेसीजका संस्थापक अध्यक्ष अशोकले नेपाल जेसीजको विभिन्न तह र तप्कामा बसेर कुशलतापूर्वक पदीय जिम्मेवारी सफल रुपमा सम्हालेका छन् । नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष भईसकेका अशोक लगनशील, कर्तव्यनिष्ठ, कर्मठ र सामाजिक छवि उच्च तथा युवा माझ लोकप्रिय छन् ।

अशोक भन्छन्–‘जेसीजलाई सहि बाटो हिँडाउने, कसैलाई भेदभाव नगर्ने, जेसीजलाई पारदर्शी र स्वच्छ बनाउनु पर्छ भन्ने मेरो मान्यता हो’ । ‘युवाहरुको विकास नै मुख्य मिसन हो’ उनी भनछन् । देशभरिका युवाहरुको समर्थन मलाई छ र अध्यक्ष जित्नेमा म ढुक्क छु । ’ पथरी जेसीजको संस्थापक भएर महत्वपूर्ण योगदान गरेका अशोक केन्द्रीय उपाध्यक्ष छँदै कार्यकारिणी उपाध्यक्ष बनिसकेका छन् । ग्रामीण क्षेत्रमा रहेर पनि नेपाल जेसीजका हरेक अभियानमा सक्रियता देखाउन सफल उनी अहिले देशव्यापी दौडाहामा छन् ।

(Visited 27 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु