श्रीकृष्णको नि-धन पछि अर्को बिबाह गर्ने मुडमा नायिका स्वेता खड्का, कस्तो पुरुष हेरिन् ?


काठमाडौ । पछिल्ला दिनहरुमा कलाकारिता भन्दा पनि समाजसेवामा ज्यादा लागिरहेकी अभिनेत्री श्वेता खड्काले स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको ‘कहाँ भेटिएला’बाट नेपाली फिल्ममा पाइला राखेकी थिईन् । उनै स्व. श्रीकृष्णकै अर्को फिल्म ‘कोहिनुर’ खेलेपछि उनीहरूले विवाह बन्धनमा बाँधिएका थिए ।

दुर्भाग्य भन्नुपर्छ विवाहको एक महिनामा नै स्वेताका श्रीमान श्रीकृष्णले स्वता अनी संसार छोडेर विदा भैसकेका थिए । त्यसपछि विक्षिप्त बनेकी श्वेता अहिले नयाँ जीवन बाँचिरहेकी छिन्, उनलाई उनको परिवारले पनि खुबै साथ दिएको छ । बुहारी भए पनि उनलाई छोरीको रुपमा हेरिएको छ ।

पछिल्ला दिनहरुमा उनको स्वास्थ्यमा पनि केही समस्या आएको बताइन्छ । तत्काल उनी ‘श्वेता श्री फाउन्डेसन’मार्फत माझी बस्ती निर्माणमा थिईन । उनले यस्ता सामाजिक कामहरु गर्न थालेको पनि धेरै समय भएको छ । उनले केही सहयोग त धेरै आफैंले रकम जुटाएर वस्ति निर्माण गरेको विषय सबै तिर तारिफ गर्न लाएक छ । उमेरले झण्डै ३० वर्ष पुगेकी स्वेतालाई अहिले जीवन धेरै लामो भएको जस्तो लाग्छ ।

अहिले उनी श्रीकृष्णको यादको सहारामा जीवन बाँच्दै आइरहेकी छिन् । उनलाई लागेको थिएन कि उनका श्रीमानले बीचमा नै छोडेर जान्छन् । तर दैवको लिला अपरम्पार उनले यो संसारलाई विदा गरेको लामो समय भएको छ । खड्का र नेवारका बीचमा विवाह त्यती सहज थिएन तर त्यो उनिहरुले सम्भव गराएका थिए । उनी अबको यात्राका बारेमा केही भन्न सक्ने अवस्थामा नभएको बताउँछिन् ।

उनी अहिले आफुलाई नयाँ स्वेताको रुपमा देख्न सक्ने भएकी छिन् । विवाहको केही समय पछि श्रीमानको मृ त्यु हुँदा वास्तवमा एक श्रीमतीका लागि पीडादायक हुन्छ । उनी अहिले हरेक नयाँ कुराहरु गर्न खोज्दैछिन् । उनको विवाह २३ असारमा भएको थियो । हरेक वर्षको असार २३ स्वेतालाई खुबै याद आउँछ तर उनले अतित भुल्ने प्रयत्न नगरेकी भने होईनन् । उनले नारायण गोपालको गीत झैं मुटुमाथि ढुंगा राखेर आँस्ने गरेकी छिन् ।

उनी विगत बिर्सेर केही फरक अनी नयाँ गर्न संधै तत्लीन हुने गर्छिन । उनलाई यो स्थानसम्म ल्याउनको लागि उनै जनताका प्यारा नायक श्रीकृष्णको भरपुर भुमिका रहेको छ । उनी भन्छिन, ‘मैले उहाँलाई बिजनेशमा ल्याए उहाँले मलाई चलचित्रमा लिनुभयो ।’ श्रीमानको मृ त्यु पछि हाम्रो समाज साँघुरो छ । स्वेताजस्ता महान नारी तर एकल भएकै कारण कुरा काट्ने गर्दछ । एकल महिलाप्रति हाम्रो सामाजिक दृष्ट्रि सही हुन नसकेकोमा उनलाई दुःख लाग्छ ।

विवाह नगरेर एकल हुने र विवाहपछि एकल हुनेहरुमा समाज धेरै भिन्नता गर्न जान्दछ । कतै रमाइलो गर्दा, पार्टीमा जाँदा, केटा मान्छेहरूसँग यात्रा गर्दा, आफ्नो बिजनेस पार्टनरसँग मिटिङ हुँदा पनि समाजमा मान्छेहरु कुरा काट्न थाल्छन । आज श्रीमान भएको भए आफुलाई अहिले भइरहेको असहजा हुँदैन्थ्यो कि भन्ने स्वेतालाई समयसमयमा नलागेको पनि होईन् ।

तर उनी अहिले एक्लै बाँच्न प्रयास गर्दैछिन् । तर उनले जीवन र संर्घष अनी नेपाली समाज नदेखेको पनि होईन । एकल महिलाप्रतिको नजरलाई दुर गर्नको लागि पनि उनलाई अर्को विवाह गरौं जस्तो लाग्छ । यदि उनको विवाह भइहाल्यो भने श्रीकृष्णलाई अनादार गर्ने वा उनको स्थान लिन खोज्नेसँग विवाह हुन सक्दैन् ।

उनी भन्छिन्, ‘मेरो नयाँ घरमा पनि उहाँ (श्रीकृष्ण) को तस्बिर राख्न पाउनुपर्छ ।’ उनले अगाडी अर्को सर्त राखेकी छिन्, ‘उहाँ (श्रीकृष्ण) को जन्मदिन हरेक वर्ष सेलिब्रेट गर्न छुट दिने मान्छे आए विवाह गर्छु ।’ उनले उनको विगत स्वीकार र सम्मान गर्न नसक्नेसँग विवाह गर्न नसक्ने बताईन् । उनलाई धनले, रूपले कुनै प्रभाव पार्न सक्दैन् । मन राम्रो भएको मान्छेसँग अवश्य जोडिने उनको इच्छा रहेको छ ।

(Visited 17 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु