दाइलाई लिन आएको स्कूल बसको ठ क्करले एक वर्षका भाईको निधन

Loading...
इमेची संवाददाता | प्रकाशित भएको : December 11th, 2019

विराटनगर, २५ मंसिर । मोरङको बेलबारी नगरपालिकामा दाजुलाई लिन आएको स्कूल बसले ठ क्कर दिँदा भाईको ज्यान गएको छ । बेलवारी ५ मा एक वर्षीय बालकको ज्यान गएको हो । बेलबारीकी शिवकुमारी साह आफ्नो एक वर्षका छोरा सहित अर्का पाँच वर्षका छोरालाई विद्यालय पठाउन सडकमा पुगेकी थिइन् ।

एलकेजीमा अध्ययनरत पाँच वर्षका छोरा सोनुलाई विद्यालय पठाउनु थियो । उनी सोनुलाई बसमा चढाउन जाँदा एक वर्षका यसराजलाई पनि संगै लिएर गइन् । जब स्कूल बस आयो उनले एक वर्षका छोरालाई भुईमा राखेर सोनुलाई बसमा चढाउन लागिन् । सोनु चढ्ना साथ बस अगाडी गुड्यो । सोनुलाई बसमा चढाउँदा भुँईमा राखेको छोरा घस्रिँदै बस मुनी पुगेका थिए ।

विद्यार्थी चढेपछि हतार गर्दै हुँइकिएको बसले ठ क्कर दिँदा नाबालकको घ टना स्थलमै ज्यान गएको हो । बिहान सवा ९ बजेको समयमा विद्यार्थी लिन पुगेको को १ क ३०४६ नम्बरको कसेनी बोर्डिङ स्कुलको बसले यसराजलाई ठ क्कर दिएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार शिवकुमारी साहले दुवै छोराहरुलाई सँगै लिएर गाडीसम्म गएकी थिइन् । सानो छोरालाई भुँईमा राखी ठूलो छोरालाई बसमा चढाएपछि गुडेको बसले नावालकलाई कि चेको हो । बसका चालक बेलबारी नगरपालिका–६ का ४५ वर्षीय डम्बरबहादुर खड्कालाई निय न्त्रणमा लिएको छ ।

हिमालयको क्वालालम्पुर पुनः सीधा उडान शुरु
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको सो एयरलाइन्सले सोमबारदेखि सो शहरमा सीधा उडान शुरु गरेको आज विज्ञप्तिमार्फत जनाएको छ ।

हिमालयले पहिलो उडान सन् २०१७ फेब्रुअरी १० देखि शुरु गरेको थियो । वैदेशिक रोजगारीका लागि मलेसिया जानेहरुको श्रम स्वीकृति रोकिएपछि सन् २०१८ नोभेम्बरदेखि एयरलाइन्सले मलेसिया उडान स्थगन गरेको थियो । भ्रमण वर्ष २०२० को सङ्घारमा मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षण गर्ने र पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

क्वालालम्पुर गन्तव्यमा कम्पनीले सोमबार र मङ्गलबार उडान भर्ने छ । “हामी क्वालालम्पुर र काठमाडौँबीचको सीधा उडान पुनःसञ्चालन गर्न पाउँदा एकदमै हर्षित भएका छौँ । यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ । दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ”, कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले विज्ञप्तिमा जनाएका छन् ।

सन् २०१४ अगष्टमा स्थापित कम्पनीले हाल तीनवटा ए ३२० जहाजमार्फत आठवटा गन्तव्यमा उडान भर्दै आएको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहामा भरेको थियो । हालै युएईको आबुधावी, बङ्गलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ । अहिले हिमालयले अबुदाबी, दमाम, दोह, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाडं र चाडंसामा उडान भरिरहेको छ ।

निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान भर्न एअरलाइन्सले २०२० सम्म तिन ए ३१९ जहाज खरीद गर्ने योजना पनि बनाएको छ । चीनसँग सञ्जाल विकास गर्ने गरी एयरलाइन्सले क्रमशः चोङकिङ, सेन्जेङ, नाङचाङ, साङ्घाई र त्यसपश्चात् अलि र ल्हासामा विस्तार गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु