सिमा क्षेत्रमा भारतले एकतर्फी बनाएको बाँध फुटेर भारतकै गाउँ परे डुवानमा, नेपालतर्फको पानीको बहाव घट्दै


रौतहट । भारतले एकतर्फी बनाएको बाँध भत्केर भारतकै एक गाउँ डुवानमा परेको छ | भारतले बनाएको बाँध फुटेपछि गाैर गाउँ डुबानमा पर्न थालेको हो । भारतले नेपाललाई राहत दिनुको सट्टा उल्टै सुरक्षाकर्मी थपेर आइरहेको समयमा उक्त बाँध फुटेको हो | लगातार वर्षा भएपछि पानीको बहाव बढ्दै गएको थियो |

भारतीय पक्षबाट अवैध रुपमा बाधिएको बाँध फुटेर बाढीको पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ |

सिमानाकाे बाँध भत्केर पानी बग्न थाले पछि गाैर क्षेत्रमा जमेकाे पानी निकास हुन थालेकाे छ भने उता ‍भारतीय बस्तीहरु डुबानमा परेका छन् । विहारका बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलियालगायत बस्दी डुबानमा परेपछि स्थानीयय बासिन्दा जाेखिममा परेकाे बताइएकाे छ ।

भारतले दशगजा क्षेत्रमा एकतर्फी बनाएकाे अवैध बाँधले नेपाल र भारत दुवैतर्फका सीमा क्षेत्रका बासिन्दाहरू जाेखिममा परेका हुन् । जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार अविरल वर्षाका कारण जिल्लाको बागमती नदी र बकैया नदीबाट तटबन्ध फुटाएर गाैर अासपासका बस्तीमा बाढी पसेकाे थियाे । भारतले बाँबाधेको बाधमा जमेर पानीले निकास नपाउँदा समस्या विकराल बनेकाे हाे ।

नदीहरुमा जलसतह खतराकाे तहभन्दा माथि पुग्दा पनि बाँधमा भएका ढोकाहरु भारतीय पक्षले नखोलिदिँदा संकट निम्तिएको बताइएकाे थियाे । तर पानीकाे सतह र चाप अत्यधिक बढेपछि आफै बाँध भत्किएर बग्न थालेकाे हाे ।

(Visited 18 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु