भारतले खोल्न नमानेको बाँध बाढीले भत्काईदियो, दिल्लीमा खैलाबैला !


भारतले खोल्न नमानेको बाँध बाढीले भत्काएको छ । बैरगनिया, अशोगी, भकुरहर र सिन्धुलिया बाँध पानीको सतह बढेपछि आफै भत्किएको हो ।

जिल्लाको अधिकाँश ठाउँ जलमग्न भएपछि जिल्ला प्रशासनले बाँध खोल्न गरेको थियो । तर भारतले बाँध खोल्न अस्वीकार गरेका थिए । भारतले बाँध खोल्न नमानेपछि जिल्लाबासी चिन्तित भएका थिए । बाँध फुटेर पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ ।

बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पसेको छ । बाढी पसेपछि भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँका बासिन्दामा हल्लीखल्ली मच्चिएको छ ।

यो पनि,
भारतका कारण रौतहट डुब्यो, शुरू भयो भारतको दादागिरिको विरोध

भारतले बनाएको बाँध र बाँध जस्तो राजमार्गका कारण रौतहट जिल्लासहित अधिकांश तराईका जिल्लाहरूमा डुबान भएको छ ।

डुबान भएपछि स्थानीयले भारतको विरोध गरेका छन् । भारतले सिमानामा बनाएको बाँधकै कारण रौतहट जिल्लाको सदरमुकाम गौर डुबानमा परेको छ ।

अविरल वर्षाका कारण नदीहरूमा पानीको सतह बढेको छ । पानीको सतह बढेपछि तराईबाट पानी बगेर जान नपाउँदा डुबान भएको प्रहरीले जनाएको छ ।

भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरू भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परेका छन् ।

पानी थुनेर छिमेकी मार्न खोजेको भन्दै सामाजिक सन्जालमा भारतको बिरोध भैरहेको छ । फेसबुक प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै गो ब्याक इन्डिया ह्यासट्याग पनि प्रयोग गरेका छन् ।

भारतले दशगजा क्षेत्रमा बनाएको बाँधले नेपालको भू–भाग डुब्दै आएको छ । भारतको बाँधका कारण गौरमा दश फुटभन्दा बढी पानी जमेको छ ।

गौरमा डुबान हुँदा पनि भारतीय पक्षले बाँधको ढोकाहरू खोल्न मानेको छैन । भारतीय पक्षले अटेर गरेपछि भारतविरुद्ध सामाजिक सञ्जालमा विरोध शुरू भएको हो ।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले भारतीय पक्षसँग बाँध खोल्न आग्रह गर्दा पनि अटेर गरेको जानकारी दिएका छन् ।

लक्ष्मीपुर बेलबिछ्वा भन्ने ठाउँको बाँध पानीले पार गर्न करीब अढाइ फुट मात्र बाँकी छ । त्यो बाँध फुट्यो भने भारतीय बजारहरू बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायतका दर्जनौं बस्ती बगाउनेछ ।

भारतले बाँध क्षेत्रमा उल्लेख्य संख्यामा सीमा सुरक्षा बल (एसएसबी) परिचालन गरेको छ । भारतकै कारण नेपालको सीमा क्षेत्रमा डुबान हुँदै आएको छ ।

(Visited 17 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु