सप्तकोशीले खतराको बिन्दु नाघ्यो, उच्च सतर्कता अपनाउन आग्रह


सप्तकोशी नदीमा पानीको बहाव ।

काठमाडौ । अविरल वर्षाका कारण खोलानाला बढेपछि सप्तकोशी नदीमा जलसतह बढेको छ । सप्तकोसी नदीको चतरामा असार २८ गते बिहान ६ बजे जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

कोशीमा पानीको सतह र चाप बढ्दो क्रममा रहेकोले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यसैगरी बाढी सूचनारपूर्वानुमान शाखाले कमला नदी-धनुषा-तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको जनाएको छ ।

शाखाका अनुसार वर्षा हुने क्रम जारी रहने देखिएकोले आज दिनभरि नै धनुषा तथा सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्र उच्च जोखिममा छ । त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सतर्कता अपनाउन अनुरोध गरिएको छ । बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोको उच्च प्रकोप देखिएको छ ।

अझै दुई दिन भारी वर्षा जारी रहने, ज्यान जोगाउन मौसमविद्को आग्रह,

असार २८, काठमाडौँ । अझै दुई दिन (शनिबारदेखि आइतबारसम्म) मनसुन अति सक्रिय हुने भएकाले देशमा भारी वर्षा जारी रहने सम्भावना रहेकाे मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले शनिबार बिहान नेपालखबरसँग भने, ‘आज पनि पूर्व र मध्य क्षेत्रका तराई पहाड दुवै र पश्चिमको तराई क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ।’

मौसमविद्का अनुसार हाल मनसुन न्यून चापीय रेखा मध्य र पूर्वी नेपालको तराई भूभागमा र पश्चिमी नेपालको पहाडी भूभागनजिक अवस्थित छ। यसका साथै मध्य र पूर्वी नेपालनजिक एउटा न्यून चापीयसमेत रहेकाले आगामी २ दिनसम्म मनसुन अति सक्रिय रहने देखिएको महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी शुक्रबार साँझसम्म मुलुकभर कम्तीमा २२ जनाको ज्यान गइसकेको छ भने ५ जना बेपत्ता छन्। बाढी पहिरोका कारण ४३५ परिवार विस्थापित भइसकेका छन्।

‘आगामी दुई दिनसम्म अति सतर्क हुन आवश्यक छ,’ मौसमविद् श्रेष्ठले भने, ‘बाढीपहिरोको जोखिम रहेका क्षेत्रका मासिनले आफ्नो ज्यानको सुरक्षामा ध्यान दिन जरुरी छ।’

माैसम पूर्वानुमान महाशाखाका अनुसार शनिरबार देशभर वर्षा जारी रहने सम्भावना छ। देशका पूर्व र मध्य क्षेत्रका तराई र पहाडी भू-भागमा र पश्चिमी भू-भागको तराई क्षेत्रमा भारी वर्षाको सम्भावना छ। पूर्व र मध्य क्षेत्रका पहाड र तराईका एक-दुई ठाउँमा धेरै भारी वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि साेही क्रम जारी रहने तथा देशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ।

बितेको २४ घन्टामा सबैभन्दा बढी जनकपुरमा २४५.२ मिलिमिटर वर्षा भएको छ भने दोस्रोमा धरानमा १५५.८ मिलिमिटर वर्षा भएको छ।

सबैभन्दा बढी वर्षा हुने तेस्रो नम्बरमा काठमाडौं परेको छ। बितेको २४ घन्टामा यहाँ ११५.२ मिलिमिटर वर्षा भएको महाशाखाको तथ्यांकले देखाएको छ।

मृगौला सफाई कसरी गर्ने ? थाहा पाउनुहोस घरेलु उपचार विधि

मृगौला खराब भएर बर्षेनी सैयौंले ज्यान गुमाउँछन् । मृगौला शरीरको यस्तो अंग हो, जसको अनुपस्थितीमा शरीरको कार्यसंचालन हुन सक्दैन । परिणामतः मृगौला रोग लागेपछि धेरैले अकालमा ज्यान गुमाउनुपर्छ ।

मृगौला शरीरको यस्तो फिल्टर हो, जसले रगतमा रहेको दुषित तत्व सफा गर्छ । मृगौला स्वस्थ्य राख्न सकियो भने नै शरीर निरोगी हुने हो । मृगौला कसरी स्वस्थ्य राख्ने त ? यसका केहि काइदा छन् । जस्तो कि, सक्रिय जीवनशैली, स्वस्थ्य खानपान, नियमित व्यायाम, पर्याप्त पानीको सेवन आदिले मृगौलालाई स्वस्थ्य राख्न सकिन्छ । त्यसबाहेक अर्को घरेलु विधी पनि छ, जसले प्रभावकारी रुपमा मृगौला सफा राख्ने काम गर्छ ।

मृगौला सफा गर्नका लागि धनिया राम्रो विकल्प हो । यो सजिलै र जहाँ पनि पाइन्छ । त्यो पनि सस्तो मूल्यमा ।

एक मुठ्ठी धनिया लिनुहोस् । त्यसलाई स-सना टुक्रा गर्नुहोस् । एक भाँडामा ९ लिटर पानी हालेर उक्त टुक्रा मिसाउनुहोस् । १० मिनेटसम्म त्यसलाई धिमा आँचमा पकाउनु पर्छ । अब यसलाई छानेर चिसो बनाउनुहोस् । यो पेयलाई तपाई हरेक विहान खाली पेटमा पिउनुहोस् । पिसाबको माध्यामबाट सबै दुषित तत्व बाहिर निस्कन्छ ।

यसमा थोरै ज्वानो हाल्नु भयो भने सुनमा सुगन्ध हुन्छ । यद्यपी यो उपाय स्वस्थ्य व्यक्तिले मात्र अपनाउन सक्छन् । मृगौला सम्बन्धी रोग लागिसकेका व्यक्तिले भने चिकित्सकको परामर्श लिनैपर्छ ।

?️मृगौला रोगीको डाइट चार्ट

के नखाने ?- मृगौला रोगीले मसलेदार, तारेको, बेकरी आइटम, नरिवल पानी, कोल्ड डि्रक सेवन गर्नु हुँदैन । साथै करेला, भिन्डी, बैगुन, पालक, मेथीको साग, मेवा, अंकुरित दाल, बेसन, पापड, अचार, बेकिङ पाउडर खान हुँदैन ।

?️कस्तो चिया पिउने ?

अदुवा र तुलसीको पात मिसाइएको चियामा थोरी मरिच, दालचिनी, सुकुमेल, अलैंची, तेजपत्ता, ज्वानो, ल्वाङको चूर्ण बनाएर बिहान बेलुकी पिउनुपर्छ । यसमा चिया भने हाल्नु हुँदैन ।

?️ खाना

सुख्खा रोटी सेवन गर्नुपर्छ । यसमा घिउ तथा तेल लगाइएको हुनुहुँदैन । मकै, जौंको सातु सेवन गर्न सकिन्छ । मुला, गाजर, सखरखण्ड जस्ता जमिन मुनी फल्ने र लौका, पत्ता गोभी, परवल जस्ता सब्जी उपयुक्त हुन्छ । कांक्रा, गाजर, मुला, प्याजको सलाद बनाएर सेवन गर्न सकिन्छ ।

?️ किन हुन्छ मृगौला खराब ?

– अस्वस्थ्यकर जीवनशैली ।

– कम पानी पिउनु ।

– धुमपान एवं मदिरापान

– लामो समय पिसाब च्यापेर बस्नु । बिहान उठ्नसाथ पिसाब नफेर्नु ।

(Visited 17 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु