नेपाली १६ रुपैयामा नै साडी बिक्री भएपछि भीड सम्हाल्नै मुश्किल


भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।

सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ ।
भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए । एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६०० भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन् । प्रहरीले उक्त घटनाको छानबिन शुरु गरिसकेको जनाएको छ ।

(Visited 64 times, 1 visits today)

    प्रतिकृया दिनुहोस्

    सम्वन्धित समाचारहरु